कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

नेपाल र कुवेतबीचको खेल दशरथ रंगशालामा नहुने

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालले विश्वकप २०२२ छनोटमा कुवेतविरुद्धको घरेलु खेल देशबाहिरै खेल्नुपर्ने भएको छ । अन्तर्राष्ट्रिय मापदण्ड अनुसार दशरथ रंगशाला तयार नभएको एसियाली फुटबल महासंघ (एएफसी) ले ठहर गरेपछि नेपालले घरेलु खेल तटस्थ भूमिमा खेल्नुपर्ने भएको हो ।

नेपाल र कुवेतबीचको खेल दशरथ रंगशालामा नहुने

रंगशालामा आगामी मंसिर ३ गते नेपाल र कुवेतबीच फुटबल खेल तालिका थियो । २०७२ बैशाख १२ पछि दशरथ रंगशालामा पहिलोपल्ट खेल आयोजना हुँदै थियो । खेलको पूर्व तयारीअनुसार शुक्रबार रंगशालाको फ्लडलाइट परीक्षण पनि गरिएको थियो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय मापदण्ड अनुसार दशरथ रंगशाला तयार नभइसकेकोले कुवेतविरुद्धको खेल तटस्थ भूमिमा खेल्नुपर्ने भएको जनाएको छ । एएफसीका प्रतियोगिता समितिका देङ सिओ लोङले मंगलबार दिउँसो आएर दशरथ रंगशालाको निरीक्षण गरेका थिए । उनकै प्रतिवेदन अनुसार एन्फालाई नेपालको ‘होम म्याच’ तटस्थ भूमिमा खेल्न एएफसीले निर्देशन दिएको हो ।

छनौट उक्त खेल नेपालले भुटानको चाङ्गलिमिथाङ्ग रंगशालामा सञ्चालन गर्नका लािग फिफा र एएफसीसँग प्रस्ताव गरिएको एन्फाले जनाएको छ ।

यस्तै,समयमा नै रंगशाला पुनःनिर्माण हुन नसकेको भन्दै क्षमायाचना मागेको छ ।


प्रकाशित : कार्तिक २१, २०७६ १५:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?