एमसीसी ३६४ मा अलआउट, नेपालको ब्याटिङ

विनोद पाण्डे

काठमाडौँ — नेपालसँगको तीनदिवसीय प्रथम श्रेणी क्रिकेटमा मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) तीन सय ६४ रनमा अलआउट भएको छ । अघिल्लो दिनको स्कोर ६ विकेट ३ सय ११ रनबाट खेल्न सुरु गरेको इंग्ल्सि टोली एमसीसीले ५३ रन जोडेर अलआउट भएको हो ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा दोस्रो दिनको खेलमा पाकिस्तानका पूर्व टेस्ट खेलाडी यासिर अराफत ६५ रनमा अविजित रहे। करण केसीले ३ विकेट लिए। बिहानको सत्रमा पहिलो दुई विकेट पनि करण केसीले लिएका थिए। उनले एलेक्स थम्सनलाई ३० रनमा विकेटकिपर राजु रिजालबाट एक हाते उत्कृष्ट क्याच गराए भने एलेक्स स्पेन्सरलाई शुन्यमा एलबीडब्लु आउट गरे।

अघिल्लो दुई विकेट लिएका सन्दीप लामिछानेले क्रिस राइटलाई ४ रनमा एलबीडब्लु आउट गरे। ओलिभर हेनोन डल्बी १० रन बनाई करणको योर्कर बलमा बोल्ड भए। एमसीसी १ सय १ ओभर खेल्दै अलआउट भएको हो।

नेपालले टस जितेपछि ब्याटिङमा आएको एमसीसीबाट अघिल्लो दिन बिलि रोड्स ७३, माइल्स हेमोन्ड ५२ र विल भान्डेरस्पार ५३ रन बनाई आउट भएका थिए। एमसीसीसँग खेल्दै नेपालले आधिकारिक तीनदिवसीय खेलमा पुनरागमन गरेको हो।

प्रकाशित : कार्तिक २१, २०७६ ११:०५
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

पोखराको मुख्य निर्वाचन कार्यालय नजिकै बम बिस्फोट, नेकपाकी उम्मेदवार विद्या भट्टराईद्वारा मनोनयन दर्ता

लालप्रसाद शर्मा

पोखरा — कास्कीको मुख्य निवार्चन अधिकृतको कार्यालय नजिकै बम बिस्फोट भएको छ । पोखराको राष्ट्र बैंक चोक नजिकै रहेको टुरिष्ट बसपार्कमा बम बिस्फोट भएको सुरक्षा निकायले जानकारी दिएको छ ।


कास्की क्षेत्र नम्बर २ की नेकपाकी उम्मेद्वार विद्या भट्टराई आफ्नो मनोनयन दर्ता गर्न निर्वाचन कार्यालयमा प्रवेश गरेसँगै बम बिस्फोट भएको थियो। बम बिस्फोट भएको स्थानमा सुरक्षाकर्मी परिचालन भइसकेका छन्। बम बिस्फोट कसले गराएको हो भन्ने केही खुलेको छैन।


यसैबीच विद्या भट्टराईले आफ्नो मनोनयन दर्ता पनि गराएकी छिन्। यस्तै साझा पार्टीकी उम्मेद्वार रजनी केसीले पनि मनोनयन दर्ता गराएकी छिन् ।

प्रकाशित : कार्तिक २१, २०७६ ११:००
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT