कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

महिला भलिबल सेन्ट्रल जोन खेल्न जाँदै

कान्तिपुर संवाददाता

काठमाडौँ — बंगलादेशको राजधानी ढाकामा हुने प्रथम एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिप खेल्नका नेपाली टोली बिहीबार त्यसतर्फ जाने भएको छ ।

महिला भलिबल सेन्ट्रल जोन खेल्न जाँदै



सेन्ट्रल जोन शनिबार सुरु हुनेछ । प्रतियोगितामा नेपालसहित घरेलु टोली बंगलादेश, माल्दिभ्स, अफगानिस्तान र किर्गिस्तानले प्रतिस्पर्धा गर्नेछन् । नेपालले पहिलो खेलमा माल्दिभ्ससँग आइतबार खेल्नेछ । राउन्ड रोबिन लिग अनुसार शीर्ष दुई टिमले स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछन् ।


अरुणा शाहीको कप्तानीमा नेपालले सेन्ट्रल जोन खेल्न लागेको छ । दोस्रो खेलमा नेपालको प्रतिद्वन्द्वी अफगानिस्तान हुनेछ । यो खेल सोमबार हुनेछ । तेस्रो खेलमा मंगलबार नेपालले उपाधि दाबेदार टिम किर्गिस्तानको सामना गर्नेछ । लिगको अन्तिम खेलमा नेपालले बंगलादेशसँग खेल्नेछ ।


राखेपका सदस्य–सचिव रमेशकुमार सिलवालले सेन्ट्रल जोनको नतिजाले आसन्न सागको तयारीमा प्रभाव पार्ने भएकाले त्यसैअनुसार राम्रो प्रदर्शन खेलाडीलाई सुझाए । भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्माले भलिबलले राम्रो प्रदर्शन गरेर सबैलाई खुसी पार्ने भएकाले त्यसैअनुरुप खेल्न खेलाडीलाई निर्देश गरे ।


प्रकाशित : कार्तिक २१, २०७६ १०:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?