कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

नेपालको प्रथम श्रेणीको क्रिकेटमा पुनरागमन, शरदबाहेक सबैको ‘डेब्यु’

एमसीसीको राम्रो सुरुआत

काठमाडौँ — चौध वर्षपछि प्रथम श्रेणीको क्रिकेटमा नेपाल फर्किएको छ । इंग्ल्यान्डको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)सँग खेल्दै नेपालले आधिकारिक तीनदिवसीय खेलमा पुनरागमन गरेको हो । नेपालले टस जितेपछि ब्याटिङमा आएको एमसीसीले भोजन समयसम्म २८ ओभर खेलेर १ विकेट गुमाई ८४ रन बनाएको छ ।

नेपालको प्रथम श्रेणीको क्रिकेटमा पुनरागमन, शरदबाहेक सबैको ‘डेब्यु’

विल रोड्स र कप्तान टोम वेस्ट्ली क्रिजमा छन् । रोड्स ४४ र वेस्टली २५ रन बनाई खेलिरहेका छन् । सोमपाल कामीले बिली गोडलम्यान १० रनमा आउट गरे । गोडलम्यानले गरेको प्रहारलाई कभरमा ललितनारायण राजवंशीले दोस्रो प्रयासमा क्याच आउट गरे ।

१० खेलाडीले बुधबार नेपालबाट प्रथम श्रेणीको क्रिकेटमा ‘डेब्यु’ गरे । शरद भेषावकरले नेपालले खेलेको सबै ४ प्रथम श्रेणीको क्रिकेटमा खेल्दै आएका छन् । नेपालले २००४ र २००५ मा गरी चार प्रथम श्रेणीको क्रिकेट खेलेको थियो । त्यसपछि नेपालले पहिलोपटक मान्यता प्राप्त तीनदिवसीय खेल खेलेको हो ।


कप्तान ज्ञानेन्द्र मल्लसहित दीपेन्द्रसिंह ऐरी, राजु रिजाल, आरिफ शेख, विनोद भण्डारी, सोमपाल कामी, पवन सर्राफ, सन्दीप लामिछाने, ललितनारायण राजवंशी, करण केसीले नेपालबाट प्रथम श्रेणीको क्रिकेटमा पहिलो खेल खेलेका हुन् । सोमपाल कामीले २०१५ र २०१६ मा गरी श्रीलंकामा क्लब क्रिकेट खेल्दा साराकेन्स स्पोर्टस क्लबबाट दुई प्रथम श्रेणीको म्याच खेलेका थिए ।


३ वर्षपछि क्यानको लोगो

नेपाली क्रिकेट टोलीले झन्डै ३ वर्षपछि क्यानको लोगो लगाएर मैदानमा उत्रिएको छ । नेपाल क्रिकेट संघ (क्यान)लाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले २०७३ को वैशाखमा निलम्बन गरेको थियो । तर विश्व क्रिकेटको सर्वोच्च निकायले नेपाली क्रिकेट टोलीलाई अन्तर्राष्ट्रिय क्रिकेटमा भने खेल्न दिइरहेको थियो ।


नेपाली क्रिकेट टोलीले अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलिरहे पनि निलम्बनका कारण क्यानको झन्डा लगाएको थिएनन् । यो अवधिमा राष्ट्रिय क्रिकेट टोलीले नेपालको झन्डामात्र लगाएर खेलिरहेको थियो ।


एमसीसीसँगको खेलमा कप्तान ज्ञानेन्द्र मल्ल क्यानको लोगो समावेश सेतो शर्ट लगाएर टसका लागि गएका थिए । उनीसँगैं नेपाली टोली सोही किसिमको पोसाक लगाएर मैदानमा खेलिरहेका छन् ।

प्रकाशित : कार्तिक २०, २०७६ ११:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?