इनर्वासिरालाई उपाधि

पवन यादव

(सिमरा) — बाराको उत्तरझिटकैयास्थित रंगशालामा भएको सहिद स्मृति ट्वान्टी–२० लिग क्रिकेटको उपाधि इनर्वासिरा क्रिकेट क्लबले जितेको छ ।

इनर्वासिरालाई उपाधि

उत्तरझिटकैया क्रिकेट क्लबद्वारा भएको प्रतियोगिताको मंगलबार फाइनलमा इनर्वाले बकुलहर क्रिकेट क्लबलाई ३९ रनले पराजित गरेको थियो ।


निर्धारित २० ओभरमा टस जितेर ब्याटिङ गर्दै इनर्वासिरा १८.१ ओभरमा ८४ रन बनाउँदै अलआउट भएको थियो । म्यान अफ द म्याच आवुदिन अन्सारीले २२ बलमा ४० रन र नसिम अख्तरले १४ बलमा ११ रन बनाए । बकुलहरका लौकेश यादवले ११ रन खर्चंदै ३ विकेट र अमजद अन्सारीले १२ रन खर्चेर १ विकेट लिएका थिए । ८५ रनको लक्ष्य पाएको बकुलहर १३ ओभरमा ४५ रनमै समेटिएको थियो ।


बकुलहरका लौकेश यादवले १३ बलमा १७ रन बनाए । इनर्वाका राकेश यादवले १६ रन खर्चेर ३ र हसमोदिन अन्सारीले १५ रन खर्चेर २ विकेट लिए । उत्कृष्ट प्रदर्शन गरेका बकुलहरका अमजद अन्सारी म्यान अफ द सिरिज घोषित भए । उनले १५ सय रुपैयाँसहित ट्रफी जिते । विजेताले ८ हजार र उपविजेताले ३ हजार रुपैयाँ पुरस्कार पाए ।


आयोजक क्लबका अध्यक्ष लोकेन्द्र यादवको अध्यक्षतामा भएको समापनमा प्रदेशसभा सदस्य पारस साहलगायतले पुरस्कृत गरे । साहले खेलकुद प्रतियोगिता गर्न आफूले सक्दो सहयोग गर्ने आश्वासन दिए । क्रिकेटमा बाराले राष्ट्रिय टिमको नेतृत्व गर्नसक्ने खेलाडी उत्पादन गरेर देश विदेशमा नाम कमाएको जिकिर गरे ।



प्रकाशित : कार्तिक २०, २०७६ ०८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?