३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

लिभरपुलको जित, बार्सिलोना बराबरीमा

(एजेन्सी)

पेरिस — डिफेन्डिङ च्याम्पियन लिभरपुलले मंगलबार राति युरोपेली च्याम्पियन्स लिगमा गेन्कलाई २–१ ले हरायो र समूह ई को शीर्ष स्थानमा उक्लियो । लिभपुलका लागि जर्जिनो विजनाल्डम र एलेक्स ओक्सलेड च्याम्बरलिनले गोल गरे ।

लिभरपुलको जित, बार्सिलोना बराबरीमा

यो जितपछि समूहमा लिभरपुलको चार खेलबाट नौ अंक भएको छ । नेपोली भने आठ अंकमा दोस्रो स्थानमा छ । नेपोलीले भने साल्सबर्गसँग घरमा १–१ को बराबरी खेल्यो ।


समूह एफ मा बार्सिलोनाले नु क्याम्पमा स्लाभिया प्रागसँग निराशाजनक गोलरहित बराबरी खेल्यो । अर्को खेलमा बोर्सिया डर्टमन्डले इन्टर मिलानलाई ३–२ ले हरायो ।


बार्सिलोना आठ अंकमा शीर्ष स्थानमै छ । त्यसयता डर्टमन्डको आठ अंक छ । समूह जी मा लेपजिपले जेनिथ सेन्ट पिटर्सबर्गलाई २–० ले हरायो भने लियोनले बेनफिकालाई ३–१ ले पराजित गर्‍यो ।


यस्तै समूह एच मा चेल्सीले लन्डनमा आयाक्ससँग ४–४ को रोमाञ्चक बराबरी खेल्यो । त्यसै समूहमा भ्यालेन्सियाले लिलेलाई ४–१ ले पन्छायो ।


प्रकाशित : कार्तिक २०, २०७६ ०७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?