कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

युनाइटेडलाई झट्का

एएफपी

म्यानचेस्टर — कमजोर प्रदर्शनबाट ब्युँतिने प्रयासमा रहेको म्यानचेस्टर युनाइटेड शनिबार इंग्लिस प्रिमियर लिगमा बर्नमाउथसँग १–० ले पराजित भएको छ । साउथ कोस्टको प्रतिकूल मौसममा जोस किङले मध्यान्तरको ठीकअघि गरेको गोल नै निर्णायक बनेको थियो ।

युनाइटेडलाई झट्का

ओले गनर सोल्सायरको युनाइटेडले मार्चयता विपक्षी टोलीको मैदानमा गएर खेल जित्न सकेको थिएन । १० दिनअघि मात्र टोलीले यो तथ्यांक चिर्दै लगातार तीन खेल जित्नेक्रममा पार्टिजान बेलग्रेड, नर्विच र चेल्सीमा जित हात पारेको थियो । चेल्सीमाथि पाएको जितले टोलीलाई लिग कपको क्वाटरफाइनल पुर्‍याएको थियो । त्यसलाई सोल्सायरले यसलाई ‘टर्निङ प्वाइन्ट’ हुनसक्ने जनाएका थिए ।


युनाइटेडले यस सिजनमा आफ्नो क्षमताअनुरुप खेल्न सकिरहेको छैन । विपक्षी पोस्टमा आक्रामण गर्न नसक्नु शनिबारको खेल पनि साक्षी बन्यो । प्रिमियर लिगको ११ खेलमा युनाइटेडको यो चौथो हार हो । चर्को हावाहुरी र वर्षाबीच दुवै टोली जम्न नसकिरहेको अवस्थामा युनाइटेडले केही राम्रो सुरुआत गरेको थियो । डानियल जेम्सले लामो प्रहार बाहिर हान्न पुगे भने एन्थोनी मार्सियलको पेनाल्टी अपिल पनि सुनुवाइ भएन ।


मध्यान्तरको अन्तिम सिठी फुक्नुअघि किङले बर्नमाउथलाई अग्रता दिलाएका थिए । किङ तिनै खेलाडी हुन्, जसको खेलजीवन इंग्ल्यान्डमा युनाइटेडबाटै सुरु भएको थियो । किङलाई युनाइटेडमा तत्कालीन व्यवस्थापक सर एलेक्स फर्गुसनसँग पुर्‍याउने अरु कोही नभएर यिनै सोल्सायर थिए । किङले नै आफ्नो पूर्व क्लबलाई शनिबार राम्रो गोल गरी दुखी तुल्याए । युनाइटेडका रक्षक भिक्टोर लिन्डेलोफ र आरोन विसाकाको माझ बल आफ्नो नियन्त्रणमा लिँदै उनले एक्रोब्याटिक प्रहारमा गोल गरेका थिए ।


युनाइटेडले दोस्रो हाफमा बल धेरै समय आफ्नो पकडमा राखे पनि खेलमा भने फर्किन सकेन । मार्सियल र मार्कस रासफोर्डलाई आक्रामण उतारे पनि दुवै फितलो देखिएका थिए ।


बर्नमाउथले लगातार तेस्रो खेलमा कुनै गोल खर्चिएन । युनाइटेडमाथि आफ्नो इतिहासमै बर्नमाउथले तेस्रो जित हात पारेको हो । युनाइटेडलाई उछिन्दै बर्नमाउथ छैटौं स्थानमा उक्लिएको छ । बर्नमाउथसँग १६ अंक छ । युनाइटेड १३ अंकसहित आठौं स्थानमा छ ।

प्रकाशित : कार्तिक १६, २०७६ २१:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?