१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

लिभरपुलको उत्कष्ट पुर्नआगमन जित

एएफपी

लन्डन — मोहम्मद सलाहले लिभरपुलका लागि आइतबार राति घरेलु मैदानमा ५० औं व्यक्तिगत गोल गरे र त्यसको मदतले क्लबले इंग्लिस प्रिमियर लिगमा टोटनहमलाई २–१ ले हरायो ।

लिभरपुलको उत्कष्ट पुर्नआगमन जित

यस जितपछि लिभरपुलले लिग तालिकाको शीर्ष स्थानमा छ अंकको अग्रता खोलेको छ । टोटनहमले प्रस्तुत गरेको कडा चुनौतीलाई निस्तेज पार्न सलाहले एनफल्डमा आप्mनो ५० औं गोल पूरा गरे ।


ह्यारी केनले ५७ औं सेकेन्डमा गोल गर्दै अग्रता लिएपछि लिभरपुलले खेलमा उत्कृष्ट पुर्नआगमन जित रचेको हो । यसअघि जोर्डन हेन्डरसनले बराबरी गोल गरेका थिए ।


आइतबार रातिका अन्य खेलमा म्यानचेस्टर युनाइटेडले नरविचलाई ३–१ ले हरायो भने आर्सनलले क्रिस्टल प्यालेससँग २–२ को बराबरी खेल्यो । यसअघि उभ्ल्सले न्युकासल युनाइटेडलाई १–१ को बराबरीमा रोकेको थियो ।


प्रकाशित : कार्तिक ११, २०७६ ०८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?