सिलेन र अंकिता उत्कृष्ट बक्सर

कान्तिपुर संवाददाता

मकवानपुर — दसौं जिल्लास्तरीय पुरुष तथा महिला बक्सिङ प्रतियोगितामा सिलेन वाइबा र अंकिता उत्कृष्ट बक्सर भएका छन्  । शनिबार सम्पन्न प्रतियोगितामा पुरुषतर्फ सिलेन र महिलातर्फ अंकिता उत्कृष्ट बक्सरबाट सम्मानित भएका हुन्  ।

पिप्ले युवा क्लबद्वारा आयोजित प्रतियोगितामा पुरुषतर्फ १० र महिलातर्फ दुई तौल समूहमा प्रतिस्पर्धा भएको थियो ।

पुरुषतर्फ ६४ केजीमा बुद्ध लामा, ६० केजीमा कृष्ण भोम्जन, ५६ केजीमा सीताराम काफ्ले, ५२ केजीमा महेन्द्र राई, ४९ केजीमा विक्रम राई, ४० केजीमा स्वीकार कुवँर, ३५ केजीमा झलक स्याङ्तान, ३० केजीमा सिलेन वाइबा, २५ केजीमा सुदीन चौलागाईं तथा २० केजी तौलमा विकल्प गौतमले स्वर्ण पदक जितेका थिए ।

महिलातर्फ ५२ केजी तौलमा अंकिता श्रेष्ठ र ४९ केजी तौल समूहमा पूर्णिमा भण्डारीले स्वर्ण जितेका थिए । विजेतालाई नगदसहित पुरस्कृत गरिएको थियो ।

प्रकाशित : कार्तिक १०, २०७६ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?