लेस्टरको कीर्तिमान

एएफपी

साउथह्याम्पटन — लेस्टर सिटीका प्रशिक्षक ब्रेन्डन रोजर्सले शुक्रबार राति प्रिमियर लिगमा साउथह्याम्पटनविरुद्ध ९–० को कीर्तिमानी जित पाएपछि आफ्नो टिमलाई ‘क्रुर’ रहेको चित्रण गरेका छन्  । साउथह्याम्पटनका प्रशिक्षक राल्फ हसेनहुट्टलले भने हारको जिम्मेवारी आफैंले लिए  ।

आयोज पेरेज र जेमी भार्डीले ह्याट्रिकसहित ऐतिहासिक जितपछि लेस्टर अंकतालिकाको दोस्रो स्थानमा पुग्यो । लेस्टरको यो जित प्रिमियर लिगमा फराकिलो गोलअन्तरको कीर्तिमानसँग बराबरी हो । सन् १९९५ मा म्यानचेस्टर युनाइटेडले ओल्ड ट्राफोर्डमा इप्सबीचविरुद्ध ९–० को जित निकाल्दै कीर्तिमान बनाएको थियो ।

‘हामी क्रुर भयौं । यस्तो टिमको प्रशिक्षकका रूपमा उभिन पाउँदा मैले गर्व महसुस गरिरहेको छु,’ खेल सकिएपछि सेन्ट मेरिज रंगशालामा लेस्टरका प्रशिक्षक रोजर्सले भने, ‘राम्रो टिमले कहिल्यै पनि हार मान्दैन । हामीले देखाउन चाहेका थियौं कि हामी कमजोर छैनौं । निश्चित रूपमा हामीले दोस्रो हाफमा पनि त्यस्तै प्रदर्शन निरन्तर गर्न सक्यौं ।’

‘हाम्रो खेल निकै सरल थियो । जब तपाईले धेरै गोलको अग्रता लिनुहुन्छ तब स्वाभाविक रूपमा स्लो खेल्नुहुन्छ । हामीले खेलमा मात्र ध्यान केन्द्रित गर्न सक्यौं । हामी एक शीर्ष टिम बनाउन चहन्छौं र शीर्षमै रहन चाहन्छौं, त्यसका लागि यस्तै खालको प्रदर्शन जरुरी हुन्छ,’ रोजर्सले भने ।

साउथह्याम्पटनका प्रशिक्षक हसेनहुट्टलले आफ्नो टिम रेलिगेसन जोनमा रहेको देखेका छन् । तर १० मिनेटपछि रायन बर्ट्रान्डले रातो कार्ड पाएपछि स्थितिलाई उनले सहज रूपमा लिए । ‘हाम्रो प्रदर्शन यस्तो भयानक रह्यो कि त्यसका लागि म माफी माग्छु र सम्पूर्ण हारको शतप्रतिशत दोष म लिन्छु,’ उनले भने ।

लेस्टर सिटीका प्रशिक्षक ब्रेन्डन रोजर्स ।


साउथह्याम्पटनका मिडफिल्डर नाथान रेडमन्डले भने, ‘यो एउटा लज्जास्पद प्रदर्शन थियो, निकै खराब सपनाजस्तो ।’ जितपछि लेस्टर शीर्षस्थानको लिभरपुलसँग दूरी ५ अंकमा झारेको छ ।


प्रिमियर लिगको १ सय ३१ वर्षे इतिहासमा लिसेस्टरले सबैभन्दा फराकिलो अन्तरको अवे जित हासिल गरेर कीर्तिमान बनाएको हो । साउथह्याम्पटनलाई धराशयी बनाउने कामको सुरुआत खेलको दसौं मिनेटमा रिबाउन्ड बलमा गोल गर्दै बेन चिलवेलले गरेका थिए । भिडियो असिस्टेन्ट रेफ्री (भार) को सहयोगमा बर्ट्रान्डले रातो कार्ड पाएपछि साउथह्याम्पटनको स्थिति अझै भयानक बन्यो । पेरेजलाई खराब ट्याकल गरेकोमा बर्ट्रान्डलाई रातो कार्ड देखाइएको थियो ।

युरी टेलिम्यान्स र पेरेजको सटिक गोलपछि १० खेलाडीमा समेटिएको निरीह साउथ ह्याम्पटनबिरुद्ध लेस्टरले २० मिनेटभित्रै ३–० को अग्रता बनाएको थियो । पहिलो हाफ सकिनु ७ मिनेटअघि पेरेजले चिलवेलको पासमा गोल गरे । पहिलो हाफको अन्तिम मिनेटमा सुपरस्टार भार्डीले गोलको खाता खोले र पहिलो हाफमा ५–० को अग्रता बनाए । सन् १९८४ पछि प्रिमियर लिगको पहिलो हाफमै ५ गोल भएको पहिलोपल्ट हो ।

पहिलो हाफमा फराकिलो अग्रता बनाउनुका बाबजुद दोस्रो हाफमा पनि लेस्टरको गोल वर्षा रोकिएन । ६० मिनेटभित्रमा लेस्टरले ७–० को अग्रता बनाइसकेको थियो । पेरेजले ह्याट्रिक गर्ने क्रममा हर्वे बर्नेसको लामो थ्रो सदुपयोग गरी ह्याट्रिक पूरा गरे । त्यसको केही समयमै भार्डीले चिलवेलको सटिक क्रस उपयोग गरे ।

एस्टन भिल्लाविरुद्ध पहिलो गोल गरेपछि म्यानचेस्टर सिटीका रहिम स्टर्लिङ  ।

खेलको ७ मिनेट बाँकी छँदा जेम्स म्याडिसनले टिमका लागि कीर्तिमानी अवे गोल गरे । उनको सानदार फ्रिकिक साउथह्याम्पटनका हतासमा गोलरक्षक एङगस गनले क्लियर गर्नै सकेनन् । र भार्डीले इन्ज्युरी समयमा पेनाल्टीमार्फत गोल गरी लेस्टरलाई कीर्तिमानी जित दिलाए । जान बेडन्रेकको फाउलमा प्राप्त पेनाल्टी अवसरलाई भार्डीले सदुपयोग गरेका थिए ।

प्रकाशित : कार्तिक १०, २०७६ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?