विकास रनिङ सिल्ड : पुलिस र चितवन भिड्ने

कान्तिपुर संवाददाता

चितवन — विभागीय टोली नेपाल प्रहरी नारायणगढ क्याम्पाचौरमा जारी टुबोर्ग विकास रनिङ सिल्ड फुटबलको फाइनल पुगेको छ । पुलिसले उपाधिका लागि शनिबार दिउँसो घरेलु टोली चितवन–११ को सामना गर्नेछ ।

विकास रनिङ सिल्ड : पुलिस र चितवन भिड्ने

बिहीबार सेमिफाइनलमा पुलिसले संकटा क्लबलाई १–० ले हरायो ।


निर्धारित ८० मिनेटको खेलमा पहिलो गोलरहित भयो । पुलिसबाट एकमात्र गोल सौजन याक्खाले गरे । उनले दोस्रो हाफको २७ औं मिनेटमा गोल गरेका थिए । संकटाका खेलाडीले फाउल गर्दा पेनाल्टी बक्सभन्दा अलि परबाट पुलिसले फ्रि–किक हान्ने अवसर पायो ।


पुलिसका सुमन लामाले फ्रि–किक प्रहार गर्दा संकटाका गोलरक्षक अजय महर्जनले पन्च गरे । त्यही बललाई सौजनले गोलमा परिणत गरे ।


निर्णायक गोल गरेको सौजन प्लेयर अफ द म्याच भए । उनले १० हजार रुपैयाँ पुरस्कार पाए । संकटा ०७३ सालमा सम्पन्न १२ औं विकास रनिङ सिल्डको विजेता हो । त्यसअघि १३ औं विकास रनिङ सिल्डको विजेता एपीएफ क्लब पनि बाहिरिसकेको छ ।

प्रकाशित : कार्तिक ७, २०७६ २१:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?