ज्ञानोदय समूह विजेता

कान्तिपुर संवाददाता

रूपन्देही — रेन्बो ज्ञानोदय गोल्ड्सले मंगलबार सर्वोत्तम तिलोत्तमा प्रिमियर लिगमा समूह विजेता बनेको छ । लिग चरणको अन्तिम खेलमा लुम्बिनीलाई ९ विकेटले पराजित गर्दै ज्ञानोदय समूह ‘ए’ को विजेता बनेर सेमिफाइनलमा पुगेको छ ।

पहिले ब्याटिङ गर्दै लुम्बिनीले १ सय ९ रनको लक्ष्य ज्ञानोदयलाई छाडेको थियो । ज्ञानोदयले त्यसलाई १४ ओभरमै पूरा गर्‍यो । ज्ञानोदयको जितमा सुनील धमलाले ५० र सिद्धार्थराज शाहीले २९ रन जोडे । दुवै अविजित रहे । एक विकेटमा रूपमा गुमाएका शंकर रानाले २३ रन बनाए । लुम्बिनीलाई सस्तैमा रोक्न ज्ञानोदयका प्रतिश जिसीले १८ रन खर्चेर ३ विकेट लिए । कमल ओली र रोशन क्षत्रीले २–२ विकेट लिएका थिए । सिद्धार्थराज शाही र नवीन भट्टराईले १–१ विकेट लिए । ज्ञानोदयका सुनील धमला मोस्ट भ्यालुएबल प्लेयर बने भने ज्ञानोदयकै प्रतिश जिसीले म्यान अफ द म्याच घोषित भए ।


बुधबार समूह ‘बी’ उपविजेता पाल्पाली लिजेन्ड्सले समूह ‘ए’ विजेता रेन्बो ज्ञानोदय गोल्ड्स तथा दोस्रो खेलमा समूह ‘ए’ उपविजेता बुटवल युनाइटेडले समूह ‘बी’ को विजेता मणिग्राम किंग्सको सामना गर्नेछन् ।


प्रकाशित : कार्तिक ६, २०७६ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?