कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तुलसाको कीर्तिमान

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली धाविका तुलसा खत्रीले महिला ४०० मिटर दौडमा राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् । चीनको वुहानमा भइरहेको सातौं सीआईएसएम मिलिटरी खेलकुदअन्तर्गत मंगलबार तुलसाले एथलेटिक्सको उक्त इभेन्टमा कीर्तिमान बनाएकी हुन् । उनले ५९.५७ सेकेन्डमा दौड पूरा गर्दै कीर्तिमान बनाइन् ।

तुलसाको कीर्तिमान

तुलसाले सन् २०१० मा प्रमिला रिजालले राखेको कीर्तिमान उछिनेकी हुन् । प्रमिलाले उक्त दौड ५९.९० सेकेन्डमा पूरा गरेकी थिइन् । १६ प्रतिस्पर्धीमा बहराइनकी सलवा नासेरले ५०.१५ सेकेन्डबाट स्वर्ण पदक जितिन् ।


महिला १०० मिटर दौडमा नेपालकी सरस्वती चौधरीले आफ्नो प्रदर्शनमा सुधार गरेकी छन् । उनले १२ दशमलब ६६ सेकेन्डमा दौड पूरा गरिन् । गत सेप्टेम्बर अन्तिम साता कतारको दोहामा सम्पन्न विश्व एथलेटिक्स च्याम्पियनसिपमा राखेको टाइमिङ उछिनेकी हुन् । विश्व च्याम्पियनसिपको हिटमा १२.७२ सेकेन्डमा दौड पूरा गरेकी थिइन् ।


महिला बक्सिङमा पुनम रावलले उत्तर कोरियाली प्रतिद्वन्द्वी चोइ हेइ सङसँग कडा प्रतिस्पर्धा गर्दै अंकका आधारमा ५–० ले पराजित भइन् । उनले ६० केजीमुनि लाइटवेटको क्वाटरफाइनल खेलेकी थिइन् ।


प्रकाशित : कार्तिक ६, २०७६ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?