धिमाल कप अन्तिम साता

कान्तिपुर संवाददाता

बिर्तामोड — प्रथम धिमाल राष्ट्रिय फुटबल प्रतियोगिता कात्तिक ३० देखि मंसिर ५ सम्म हुने भएको छ । धिमाल सेवा समाजको आयोजनामा हुने प्रतियोगिता डोमालाल राजवंशी रंगशालामा हुनेछ । समाजका अध्यक्ष मानबहादुर धिमालले झापा, मोरङ र भारतमा बसोबास गर्ने धिमाल जातिका युवासम्मिलित ९ टिमले भाग लिने बताए ।

ZenTravel

मोरङको बेलबारी, पथरी, उर्लाबारी र कानेपोखरी तथा झापाको दमक, बिर्तामोड, मेचीनगर र आयोजक तथा दार्जिलिङ जिल्लाको नक्सालबारी टिम सहभागी हुनेछ ।

Meroghar

प्रतियोगिताका लागि २१ लाखभन्दा बढी खर्च हुने अनुमान गरिएको अध्यक्ष धिमालले बताए । उनका अनुसार विजेता र उपविजेताको नगद पुरस्कार तय भइसकेको छैन । धिमाल जातिका युवालाई खेलकुदको माध्यमबाट अगाडि बढाउन प्रतियोगिता गर्न लागेको धिमाल जाति विकास केन्द्रका अध्यक्ष तेजबहादुर धिमालले बताए ।

धिमाल जातिबाट विजय धिमाल, रजिन धिमाललगायत युवा नेपाली राष्ट्रिय टोलीबाट खेल्दै आएकाले फुटबलमा पनि भविष्य बनाउन यस प्रतियोगिताले ठूलो सहयोग पुर्‍याउने केन्द्रका महासचिव केदार धिमालले विश्वास व्यक्त गरे ।

प्रकाशित : कार्तिक ५, २०७६ ०८:५४
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

एपीएफविरुद्ध आर्मीको जित

कान्तिपुर संवाददाता

(चितवन) — साविक विजेता एपीएफ क्लबलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लब सोमबार टुबोर्ग जेसिज विकास रनिङ सिल्ड राष्ट्रिय फुटबलको सेमिफाइनलमा पुगेको छ । 

झापा–११ सँग कठिन जित पाएको एपीएफले आमीसँगको खेल १–० ले गुमाएको थियो । दुवै विभागीय टिमको प्रतिस्पर्धा मध्यान्तरसम्म गोलरहित बन्यो । मध्यान्तरलगत्तै आर्मीका लागि सन्तोष तामाङले गोल गरे । कप्तान भरत खवासलाई एपीएफका खेलाडीले लडाएपछि प्राप्त फ्रिकिक अवसरमा दर्शनीय गोल गरेका थिए । पेनाल्टी ा नजिकैबाट सन्तोषले हानेको बल सिधै एपीएफको पोष्टमा छिरेको थियो । जुन गोल खेलको निर्णायक बन्यो ।

एपीएफले पनि मौका नपाएको हैन । गोल खाएपछि तत्कालै एपीएफले फ्रिकिक पाएको थियो । बक्स नजिकै एपीएफका सन्तोष श्रेष्ठले प्रहार आर्मीका गोलरक्षक विकेश कुथुको हातमा पुगेको थियो । मध्यान्तरअघि पनि एउटा राम्रो अवसर गुमायो ।

नारायणगढस्थित क्याम्पाचौरमा जारी प्रतियोगितामा मंगलबार जावलाखेल युथ र संकटा क्लब अन्तिम क्वाटरफाइनलमा भिड्दैछन् । संकटा १२ औं विकास रनिङ सिल्डको विजेता पनि हो ।

प्रकाशित : कार्तिक ५, २०७६ ०८:५३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×