३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

गल्फर सम्मानित

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल गल्फ संघले २८ औं भुटान ओपन एमेच्योर गल्फ च्याम्पियनसिपको उपाधि जितेका शुक्रबहादुर राईसहित चार खेलाडीलाई सोमबार सम्मान गरेको छ ।

गल्फर सम्मानित

शुक्रलाई ५० हजार रुपैयाँ बराबरको गल्फ सामग्री उपलब्ध गराइएको छ भने उक्त प्रतियोगितामा तेस्रो भएका सुवास तामाङलाई १० हजारबराबरको खेल सामग्री प्रदान गरिएको छ । रोयल थिम्पु गल्फ क्लबमा गत साता सम्पन्न प्रतियोगितामा चार नेपाली गल्फर सहभागी थिए । त्यसमा चार अन्डर २७६ स्कोर गर्दै २१ वर्षीय शुक्रले पहिलो अन्तर्राष्ट्रिय उपाधि हात पारेका थिए । उनले दोस्रो दिन ९ अन्डर ६१ को प्रदर्शन गरेका थिए ।


शुक्रले भुटानी गल्फर जिवाङ गुरुङलाई एक स्ट्रोकले पछाडि पारेका थिए । सुवास दुई ओभर २८२ स्कोरसहित तेस्रोमा रहेका थिए । टंकबहादुर कार्की (५ ओभर २८५) र नीरज तामाङ (८ ओभर २८८) शीर्ष पाँचमा रहे । संघले टंक र नीरजलाई पनि ५–५ हजार बराबरको खेल सामग्री उपलब्ध गराएको छ ।

प्रकाशित : कार्तिक ५, २०७६ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?