२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

मणिग्राम समूह विजेता

कान्तिपुर संवाददाता

रूपन्देही — बुटवल युनाइटेड सोमबार रूपन्देही पल्टनलाई १० विकेटले पराजित गर्दै तिलोत्तमा प्रिमियर लिग क्रिकेटको सेमिफाइनल पुगेको छ । 

टस जितेर ब्याटिङ गरेको रूपन्देहीले १२.३ ओभरमा १९ रनमै समेटिएको थियो । २० रनको लक्ष्य बुटवलले २ ओभरमै पूरा गरेको थियो । बुटवलका कुशल मल्लले १० र मिनाल गुरुङले ११ रन जोडे । रूपन्देही पल्टनलाई सस्तैमा समेट्न बुटवलका अमित तामाङ एक्लैले ५ विकेट लिए । उनले ४ ओभरमा एक मेडन राख्दै १० रन खर्चिए । राहुल प्रजापतीले २, भीम सार्की, सागर ढकाल र सुसन भारीले १–१ विकेट लिए । रूपन्देहीका विराट भण्डारी, दिनेश मगर, दिलीप कुर्मी, रोबिन क्षेत्री, सौरभ खनालले खाता खोल्न सकेनन् । अमित तामाङ म्यान अफ द म्याच बने भने राहुल प्रजापती मोट भ्यालुएबल खेलाडी भए ।


सियारी राइनोजलाई २० रनले पराजित गर्दै मणिग्राम किंग्स समूह विजेता बनेको छ । टोलीले लिगका चारै खेलमा जित निकाल्दै समुह विजेता बनेको हो । पाल्पाली लिजेन्ड्स उपविजेता भयो । पहिले ब्याटिङ गरेको मणिग्रामले ७ विकेट गुमाई १ सय ३६ रन बनायो । प्रज्वल थापाले ४४ रन बनाए । जवाफी ब्याटिङमा सियारी राइनोज १९.२ ओभरमा १ सय रनमै समेटियो । सियारीका मनीष थापाले ६१ रन बटुले । मणिग्रामका अजय साहनीले ३ विकेट, दुर्गेश ढुंगानाले २, कृष्ण कार्की, अनिल खरेल र सुनील भण्डारीले १–१ विकेट लिए ।


मणिग्रामका दुर्गेश गुप्ता मोस्ट भ्यालुएबल प्लेयर र प्रज्वल थापा म्यान अफ द म्याच भए । मंगलबार रेन्बो ज्ञानोदय गोल्डेन्स र लुम्बिनी शाक्यन ग्ल्याडिएटर्सबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित : कार्तिक ५, २०७६ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?