कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

युनाइटेड विजेता

पवन यादव

(सिमरा) — वीरगन्जको युनाइटेड क्रिकेट क्लब सोमबार महागढीमाई कप २०७६ ट्वान्टी–२० लिग क्रिकेटको उपाधि जितेको छ । उसले नगद २ लाखसहित कप हात पार्‍यो । 

युनाइटेड विजेता

महागढीमाई नगरपालिका–१ वरियारपुरस्थित गढीमाई स्टेडियममा भइरहेको भएको प्रतियोगिता फाइनलमा महावीर क्रिकेट क्लब हेटौंडालाई ९३ रन हरायो । निर्धारित २० ओभरमा टस जितेर ब्याटिङ गरेको वीरगन्जले ७ विकेट गुमाई २ सय ८ रन बनाएको थियो । हासिम अन्सारीले ३८ बलमा ६० रन, सन्तोष कार्कीले ३५ बलमा ५७ र युवराज पटेलले १४ बलमा २९ रन बनाए । महावीरका निखिल श्रेष्ठले ३, रामनरेश गिरी र तक्सक सिम्खडाले २–२ विकेट लिए ।


२ सय ९ रनको विजय लक्ष्य पाएको महावीरले पूरै ओभर खेलेर ८ विकेट गुमाई १ सय १५ रनमात्र बनाउन सक्यो । रामनरेश गिरीले २९ बलमा २८ रन, सन्तोष उपाध्यायले ३३ बलमा २४ र विशाल फुयालले १३ बलमा १८ रन बनाए । वीरगन्जका अविनाश कर्णले ३ विकेट, बाबुजान अन्सारीले २ र नसरुद्दिन अन्सारीले १ विकेट लिए । वीरगन्जका हासिम अन्सारी म्यान अफ द म्याच घोषित भए । प्रतियोगितामा ९६ रन बनाएका एनएसए क्लब काठमाडौंका हिमांशु शाही वेस्ट ब्याट्सम्यान, कुल ९ विकेट लिएका वीरगन्जका रशिद खान वेस्ट बलर र म्यान अफ द सिरिज भए ।


महावीरका प्रशिक्षक सञ्जय महर्जनले टस हार्नु नै हाम्रो हारको प्रमुख कारण बनेको बताए । टिमका लागि राम्रो खेल्ने सुवर्ण भट्ट पहिलो बलमै घाइते भए । मुख्य खेलाडी घाइते भएपछि अरुले धैर्य गुमाउँदा लक्ष्यअनुसार स्कोर तान्न नसकिएको उनले बताए । युनाइटेडका प्रशिक्षक मोहम्मद अन्सारीले आफ्ना खेलाडीले सोचेभन्दा राम्रो प्रदर्शन गरेको बताए । खेलको सुरुआतीमै सन्तोष कार्की र हासिम अन्सारीको जोडीले राम्रो प्रर्दशन गर्दै रनको स्कोर बढाए ।

६ टोली सहभागी प्रतियोगिता विजेताले २ लाख र उपविजेताले १ लाख रुपैयाँ पुरस्कार पाउने छन् ।

प्रकाशित : कार्तिक ५, २०७६ ०८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?