१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

भारत जित नजिक

(एएफपी)

राँची — तीव्र गतिका बलरद्वय मोहम्मद सामी र उमेश यादवले एकापसमा ५ विकेट लिएपछि भारत सोमबार दक्षिण अफ्रिकाविरुद्धको तेस्रो टेस्टमा जित नजिक पुगेको छ । दक्षिण अफ्रिकालाई फलोअनका लागि बाध्य पारेको भारतले यो टेस्ट जिते तीन खेलको शृंखलामा ह्वाइटवास गर्नेछ ।

तेस्रो दिनको खेल सकिँदा दक्षिण अफ्रिका आफ्नो दोस्रो इनिङ्समा ८ विकेट गुमाई १ सय ३२ रनमा खेलिरहेको छ । पाहुना टिम अझै २ सय ३ रनले पछाडि छ ।


दक्षिण अफ्रिकाका लागि थउनिस डी ब्रुएन ३० र एनरिच नोर्टजे ५ रनमा खेलिरहेका छन् । यादवको बल डिन एल्गरको हेलमेटमा लागेपछि उनी घाइते हुँदै मैदान छाड्न बाध्य रहे । उनी १६ रनमा रिटायर्ड हर्ट भए । उनको स्थानमा डी ब्रुएन सब्टिच्युट खेलाडीको नियमअन्तर्गत क्रिजमा उत्रेका हुन् । बाउन्सर लागेपछि एल्गरलाई मैदानमै उपचार आवश्यक परेको थियो । त्यतिबेला दक्षिण अफ्रिका ४ विकेट गुमाई २६ रनको खराब स्थितिमा थियो । बिहानी सेसनपछाडि पनि दक्षिण अफ्रिकाको स्थितिमा सुधार आएन र उसले तीन विकेट गुमायो । कप्तान फाफ डु प्लेसिस ४ रन बनाएर आउट भए । भारतले पहिले ब्याटिङ गर्दै ९ विकेटमा ४ सय ९७ रनमा इनिङ्स समाप्तिको घोषणा गरेयता जवाफमा दक्षिण अफ्रिका १ सय ६२ रनमात्र बनाएर फलोअन गर्न बाध्य रह्यो । यादवले प्रारम्भिक ब्याट्सम्यानको भूमिकामा आएका बायाँहाते ब्याट्सम्यान क्विन्टन डी ककलाई ५ रनमा बोल्ड गरे ।


सामीले जुबैर हम्जालाई पनि शून्यमा आउट पारे । भारतका स्पिनर रवीन्द्र जडेजा र रविचन्द्रन अश्विनले पनि १–१ विकेट लिए । दिनको अन्त्यतिर डी ब्रुएन र नोर्टजेले बहादुरीपूर्वक भारतीय आक्रमण सामना गरे । अन्तिम सेसनमा विकेटकिपर रिद्धिमान साहले औंलाको चोटका कारण मैदान छाडे ।

प्रकाशित : कार्तिक ५, २०७६ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?