लिभरपुल रोकियो

(एएफपी)

लन्डन — लिभरपुलको प्रिमियर लिगमा लगातार १७ खेलको यात्रालाई म्यानचेस्टर युनाइटेडले आइतबार रोकिदिएको छ । आइतबार ओल्ड ट्राफोर्डमा भएको खेल १–१ को बराबरीमा रोकियो ।

लिभरपुल रोकियो

सिजनको पहिलो आठै खेल जितेको लिभरपुलको यस नतिजापछि आठ अंकको अग्रता ६ अंमा झरेको छ ।


मार्कुस रासफोर्डको गोल युनाइटेडले घरेलु मैदानमा ३६ औं मिनेटमा अग्रता लियो । खेल समाप्त हुन ५ मिनेट अगाडि वैकल्पिक एडम ललानाले गोल गरी लिभरपुललाई बराबरीमा ल्याए । खराब सिजन बिताइरहेको युनाइटेड १० अंकसहित १३ औं स्थानमा छ ।


म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसलाई शनिबारको खेलमा २–० ले हरायो र राहत महसुस गर्‍यो । डिफेन्डिङ च्याम्पियनले लन्डनको भ्रमण गर्दा उसको खेलमाथि शंका कायम थियो । त्यसलाई निस्तेज पार्दै सिटीले पहिलो हाफमा दुई गोल गरे । ग्याब्रिएल जेससको गोलमा अग्रता लिएको सिटीका लागि डेबिड सिल्भाले दोस्रो गोल थपे ।


लेस्टर सिटीले बर्नलीलाई २–१, चेल्सीले न्युकासल युनाइटेडलाई १–० ले हरायो भने टोटनहम वाटफोर्डको हातबाट १–१ को बराबरीमा रोकियो । सिटी अंक तालिकाको दोस्रो स्थानमा छ भने उसको पछाडि लेस्टर र चेल्सी रहेका छन् । सिटीको १९ अंक छ । लेस्टर र चेल्सी समान १७ अंकमा छन् ।


स्पेन म्याड्रिड– बार्सिलोना स्पेनी ला लिगाको शनिबार शीर्ष स्थानमा उक्लियो र यससँगै रियल म्याड्रिडमा तीतो हार पनि फर्केको छ । यसै सिजन मात्र बढुवा पाएको रियल मायोर्काले उसलाई १–० ले हरायो । रियल सन् २००६ मा मार्लोकाकै हातबाट पराजित हुँदा टिममा जिनेदिन जिदान, डेबिड बेकहयाम र रोबिन्होजस्ता खेलाडी थिए । त्यसको १३ वर्षपछि रियल फेरि एकपल्ट सान मोइक्समा पराजित रहेको छ र यसको कारण रहे, जुनियर लागोको उत्कृष्ट गोल ।


खेलको अन्त्यतिर रियल १० खेलाडीमा सीमित रहयो र यसले टिमको खेलमा फर्कने सम्भावना अझ कमजोर बनायो । हारपछि प्रशिक्षक जिदानले भने, ‘रियलको समस्या के हो भने टिमले प्रत्येकपल्ट आफू राम्रो छ भनेर प्रमाणित गर्नुपर्छ ।’ उनले थपे, ‘अहिले टिमको सबैभन्दा ठूलो समस्या रहेको छ, लगातार समान स्तरमा प्रदर्शन गर्न नसक्नु । यो वर्ष केही पाउनु छ भने हाम्रो खेलमा सुधार नल्याएर सुखै छैन ।’


यसअघि बार्सिलोनाले विस्तारै उत्कृष्ट लयमा फर्कन थालेको प्रमाणित गर्दै आइबरलाई सजिलै ३–० ले हरायो । त्यसमा लियोनल मेसी, लुइस स्वारेज एन्टोन ग्रिजमनले गोल गरे ।


प्रकाशित : कार्तिक ४, २०७६ ११:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?