२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

रोहितको दोहोरो शतक

(एएफपी)

राँची — रोहित शर्माले आफ्नो खेल जीवनको पहिलो दोहोरो शतक प्रहार गरेपछि भारतले आइतबार तेस्रो तथा अन्तिम टेस्ट पूर्णत: आफ्नो नियन्त्रणमा लिएको छ । भारतले आफ्नो पहिलो इनिङ्स नौ विकेट गुमाएर ४ सय ९७ रनमा टुंगेको घोषणा गरेको छ ।

रोहितको दोहोरो शतक

रोहितले २ सय १२ रन बनाए । उनले चौथो विकेटमा अजिन्के रहानेसँग मिलेर २ सय ६७ रनको साझेदारी पनि गरे । दोस्रो दिनको खेल समाप्त हुँदा दक्षिण अफ्रिका संकटतर्फ अग्रसर छ । उसले ९ रन बनाउँदासम्म दुई विकेट गुमासकेको छ । भारतीय फास्ट बलरले राँचीमा पाहुना टिमका दुवै प्रारम्भिक ब्याट्सम्यानलाई पेभिलियन फर्काइसेका छन् । दक्षिण अफ्रिकाका लागि जुबयर हाम्जा शून्य र कप्तान फाफ डे फलेसिस एक रन बनाएर खेलिरहेका छन् । खराव प्रकाशका कारण लगातार दोस्रो दिन खेल चाँडै रोकिएको छ ।


पेस बलर मोहम्मद सामीले इनिङ्सको दोस्रो बलमै बायाँहाते ब्याट्सम्यान डिन एल्गरलाई शून्यमा आउट पारे । त्यसलगत्तै उमेश यादवले क्विन्टन डे ककलाई चार व्यक्तिगत रनमा आउट पारे । उमेशले फालेको बाउन्सर उनको ग्लोभमा लागेर गएको थियो र त्यसमा क्याच लिन विकेटकिपर

रिद्दिमान साहले कुनै भुल गरेनन् । दिनको खेल भने रोहितको नाममा रहयो । उनले दक्षिण अफ्रिकी पेसम्यान लन्गी एनगिडीको बलमा छक्का प्रहार गर्दै आफ्नो दोहोरो शतक पूरा गरे ।


लन्चपछिको तेस्रो ओभरमा प्राप्त यो सफलतापछि उनलाई घरेलु दर्शकले उभिएर अभिनन्दन पनि गरे । लयमा देखिएका प्रारम्भिक ब्याट्सम्यान रोहितले लगत्तै एनगिदीको बलमा अर्को छक्का प्रहा गरे । त्यसपछि उनी रबाडामा बलमा आउट भए । प्रारम्भिक ब्याट्सम्यानको रूपमा डेब्यु खेलमै दुवै इनिङ्समा शतक बनाएका उनले म्याराथन साझेदारी गर्दै भारतलाई मबजुत स्थितितर्फ लगे । उनलाई बलियो साथ दिन रहानले १ सय १५ रन बनाए । यसै क्रममा रोहितले वेस्ट इन्डिजविरुद्ध सन् २०१३ मा बनाएको व्यक्तिगत उत्कृष्ट १ सय ७७ रनको प्रदर्शनलाई पनि उछिने । एकदिवसीय अन्तर्राष्ट्रिय करियरमा तीन दोहोरो शतक बनाइसकेका रोहितले बललाई मैदानको चारै दिशामा प्रहार गर्ने क्रममा २ सय ५५ बलको सामना गरे र २८ चौका तथा छक्का प्रहार गरे ।


रहानले भने ८३ रनबाट अगाडि खेल्न सुरु गरेका थिए । उनी लिन्डेको पहिलो टेस्ट विकेट रहे । विहानको सेसनमा आउट हुने उनी मात्र रहे । दिउसोको सेसनमा भने उनले ५१ रन बनाएका रवीन्द्र जडेजालाई पनि आउट पारे । उनले १ सय ३३ रनमा चार विकेट लिए ।

प्रकाशित : कार्तिक ४, २०७६ ११:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?