कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

निश्चयले जिते कार्ल्सबर्ग गल्फ

कान्तिपुर संवाददाता

काठमाडौँ — कार्ल्सबर्ग गल्फ सिरिज २०१९ मा मेजर निश्चय रायमाझी कुल २ सय ७५ अंक बटुल्दै नेट च्याम्पियन भएका छन् । विजेता भएवापत् उनले नोभेम्बर पहिलो साता मलेसियामा हुने गल्फ प्रतियोगितामा भाग लिने छन् । टासी छिरिङ २ सय १० अंक प्राप्त गर्दै ग्रस विजेता बनेका छन् ।

तीन सिरिजमध्य अन्तिम सिरिजमा शनिबार निश्चय ३७ अंक बटुलेर विजयी भए । काउन्ट ब्याकका आधारमा ३५ अंकसहित राज प्रधान नेटतर्फ दोस्रो स्थानमा रहे । टासी ३५ अंक ग्रस अंक बटुल्दै ग्रस विजेता बन्न सफल भए ।

टासीले टासी दोङलाई पछाडि पारे । समान २१० अंक बटुले पनि अन्तिम सिरिजमा दोङको ६० को तुलनामा टासीले १४० अंक बटुलेका थिए ।


काउन्टब्याकमा श्रीमती प्रतिभा राई महिलातर्फ विजेता भएकी छिन् । प्रतिभासँगै समान ३० अंक जोडे पनि करिश्मा शाह उपविजेता भइन् । अन्तिम ६ होलमा भने प्रतिभाले १० अंक जोड्दा करिश्माले ८ अंक जोडेका थिए । ६० वर्ष र त्योभन्दा माथिको सिनियर विधामा ३४ अंकसाथ मदन राणा विजेता भए ।


५ बर्डिजसहित विजय श्रेष्ठ इनहाउसले मोस्ट बर्डिजका उपाधि जिते । वाङचेन धोन्डुप र ली उई जीले भने क्रमश: लङ्गेस्ट ड्राइभ र क्लोजेस्ट टु द पिन जिते । ३/३ ह्यान्डीक्यापसाथ स्टेबलफोर्ड फर्म्याटमा खेलिएको प्रतियोगितामा १८ होलमा ८५ गल्फर प्रतिस्पर्धी थिए ।


गोकर्ण गल्फ क्लबका अध्यक्ष सुहृद घिमिरेले कार्ल्सबर्गले प्रतिभाशाली उदीयमान गल्फरलाई प्रतिभा देखाउने अवसर प्रदान गर्न कार्ल्सबर्ग गल्फ सिरिज सञ्चालन गर्नु सराहनीय भएको बताए ।


गोर्खा ब्रुअरीका बजार प्रबन्धक रोजन अमात्यले प्रतियोगिताबाट आफूहरूले सकात्मक नतिजा पाइरहेकाले नेपाली गल्फ विकास निरन्तर सहयोग रहने बताए ।


प्रकाशित : कार्तिक ३, २०७६ ०८:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?