१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

एपीएफ क्लब क्वाटरफाइनलमा

कान्तिपुर संवाददाता

चितवन — जेसिज विकास रनिङ सिल्ड राष्ट्रिय फुटबलमा शनिबार एपीएफ क्लबले झापा–११ लाई सडनडेथमा पराजित गरेको छ । निर्धारित समयमा दुवै टिमले गोलरहित बराबरी खेले ।

एपीएफ क्लब क्वाटरफाइनलमा

टाइब्रेकरका लागि भएको सुरुआती ५–५ पेनाल्टी प्रहारमा दुवै टोलीको १–१ पेनाल्टी गुमाएको थियो । ४–४ गोल भएपछि सडनडेथमा जाँदा एपीएफका राजेन्द्र रावलको प्रहार गोलमा परिणत भयो भने झापाका सुरज बिकको प्रहार गोलरक्षक अमृत चौधरीले बचाए ।


क्वाटरफाइनलमा एपीएफले सोमबार विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मीसँग प्रतिस्पर्धा गर्नेछ । आर्मी बाइ पाएर सिधै क्वाटरफाइनल खेल्न लागेको हो । अर्को समूहबाट नेपाल पुलिस सेमिफाइनल पुगिसकेको छ । नारायणगढ क्याम्पाचौरमा शनिबार दर्शक बाक्लो उपस्थित थियो । निर्धारित समयमा गोल नभएपछि टाइब्रेकरमा झापाका कप्तान दिलेन लोक्तमको प्रहार एपीएफका गोलरक्षक अमृतले रोकेर खेल रोचक मोडमा ल्याए । त्यसपछि एपीएफका सन्तोष कटुवालको प्रहार गोलरक्षक किशोर गिरीले रोक्दै खेल बराबरी पारेका थिए । अमृत चौधरी नै प्लेयर अफ द म्याच हुँदै १० हजार जित्न सफल भए ।


प्रकाशित : कार्तिक ३, २०७६ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?