रियललाई हारको धक्का

(एएफपी)

म्याड्रिड — बार्सिलोना स्पेनी ला लिगाको शनिबार शीर्ष स्थानमा उक्लियो र यससँगै रियल म्याड्रिडमा तीतो हार पनि फर्केको छ । यसै सिजन मात्र बढुवा पाएको रियल मार्लोकाले उसलाई १–० ले हरायो ।

रियललाई हारको धक्का

रियल सन् २००६ मा मार्लोकाकै हातबाट पराजित हुँदा टिममा जिनेदिन जिदान, डेविड बेह्याम र रोबिन्हो जस्ता खेलाडी थिए । त्यसको १३ वर्षपछि रियल फेरि एकपल्ट सान मोइक्समा पराजित रहेको छ र यसको कारण रहे, जुनियर लागोको उत्कृष्ट गोल ।


खेलको अन्त्यतिर रियल १० खेलाडीमा सीमित रह्यो र यसले टिमको खेलमा फर्कने सम्भावना अझ कमजोर बनायो । हारपछि प्रशिक्षक जिदानले भने, ‘रियलको समस्या के हो भने टिमले प्रत्येक पल्ट आफू राम्रो छ भनेर प्रमाणित गर्नु पर्छ ।’


यसअघि बार्सिलोनाले विस्तारै उत्कृष्ट लयमा फर्कन थालेको प्रमाणित गर्दै आइबरलाई सजिलै ३–० ले हरायो । त्यसमा लियोनल मेसी, लुइस स्वारेज एन्टोन ग्रिजमनले गोल गरे ।



प्रकाशित : कार्तिक ३, २०७६ ०७:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?