जेसिज विकास रनिङ सिल्ड : एपीएफ विजयी

कान्तिपुर संवाददाता

चितवन — जेसिज विकास रनिङ सिल्ड प्रतियोगिता अन्तर्गत शनिबार भएको खेलमा एपीएफ क्लबले झापा–११ लाई टाइब्रेकरमा पराजित गरेको छ ।

जेसिज विकास रनिङ सिल्ड : एपीएफ विजयी

निर्धारित समयमा दुवै टिमले गोलरहित बराबरी खेले । टाइब्रेकरका लागि भएको सुरुआत पेनाल्टी प्रहारमा दुवै टोलीको १–१ पेनाल्टीलाई गोलकिपरले रोके । सडन डेथका आधारमा झापा पराजित भएको हो ।


क्वाटरफाइनलमा एपीएफले सोमबार विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मीसँग प्रतिस्पर्धा गर्नेछ । आर्मी बाइ पाएर सिधै क्वाटरफाइनल खेल्न लागेको हो । अर्को समूहबाट विभागीय टिम नेपाल पुलिस क्लब विजयी भई सेमिफाइनल पुगिसकेको छ ।


नारायणगढ क्याम्पाचौरमा शनिबार दर्शक बाक्लो उपस्थित थियो । निर्धारित समयमा गोल नभएपछि टाइब्रेकरमा झापाका कप्तान दिलेन लोक्तमको प्रहार एपीएफका गोलरक्षक अमृत चौधरीले रोकेर खेल रोचक मोडमा ल्याए ।


त्यसपछि एपीएफका सन्तोष कटुवालको प्रहार गोलरक्षक किशोर गिरीले रोकेर खेल बराबरी ल्याए । ४–४ गोल भएपछि सडनडेथमा जाँदा एपीएफका राजेन्द्र रावलको प्रहार गोलमा परिणत भयो भने झापाका सुरज बिकको प्रहार गोलरक्षक अमृतले बचाए ।


अमृत चौधरी नै प्लेयर अफ द म्याच हुँदै १० हजार रुपैयाँ जित्न सफल भए ।


त्यसअघि मध्यान्तरपछि ११ औं मिनेटमा एपीएफका रवि थिङको बल युवराज खड्काले नजिकैबाट प्रहार गरेको बल बाहिरियो । लगत्तै झापाका खेलाडीले एपीएफको पोस्ट तर्फ बढाएको बल नजिकैबाट प्रहार गरेका थिए । त्यो पनि पोस्टको दाहिने पोलको आडबाट बाहिरियो । खेलको निर्धारित समय सकिन लाग्दा एपीएफका बुद्धिमान राईको बलमा महेश लामाले प्रहार गरे । त्यो गोल हुन सकेन ।


आइतबार जावलाखेल युथ र दार्जिलिङ युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित : कार्तिक २, २०७६ २०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?