कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

ट्राफोर्डमा लिभरपुलको दाउ

एएफपी

लन्डन — लिभरपुलले ओल्ड ट्राफोर्डमा पाँच वर्षयता पहिलो जित रच्न सके आइतबार म्यानचेस्टर युनाइटेडको घाउमा नुन थप्नेछ । म्यानचेस्टर सिटीले भने क्रिस्टल प्यालेसमा जित हात पार्दै अगाडि फर्कने प्रयास गर्नेछ ।

ट्राफोर्डमा लिभरपुलको दाउ

नयाँ सिजनको आठ खेलमात्रै सकिँदा शीर्षस्थानको लिभरपुलसँग १२ औं स्थानमा रहेको युनाइटेडको १५ अंक अन्तर भइसकेको छ । युरोपेली च्याम्पियनले सबैभन्दा नजिकको प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीभन्दा ८ अंकले अगाडि छ । त्यसका लागि लिभरपुलले गएको सिजनसँगै प्रिमियर लिगमा लगातार १७ खेल जितेको छ । यसको तुलनामा युनाइटेडले लिगका पछिल्ला १३ खेलमा दुई खेलमात्रै जितेको छ ।


‘रेड डेभिल्स’ को सुरुआती सिजनलाई चोटको समस्याले पनि संघर्ष गर्न थप कठिन बनाइदियो । उसले प्रभावशाली दुई खेलाडी पाउल पोग्बा र डेविड डी हेयाबिना लिभरपुल खेल्दै छ । जे जस्तो भए पनि ओले गनर सोल्सायरले आफ्ना खेलाडीलाई इंग्लिस फुटबल इतिहासको सबैभन्दा बढी सफल दुई टिमबीचको प्रतिस्पर्धाको अवसरमा चम्कन आग्रह गरेका छन् ।


‘म सधैं अर्को खेललाई अवसरका रूपमा हेर्ने गर्छु । लिभरपुलसँगको खेल अर्कोतर्फ अगाडि बढ्नका लागि ठूलो अवसर हो,’ युनाइटेडको व्यवस्थापक सोल्सायरले भने, ‘उत्कृष्ट परिस्थितिमा मेरो यस्तो स्वभाव हुने गर्छ । मलाई थाह छ कि समर्थक र खेलाडी यसका लागि अघि बढेका छन् । हामीलाई माथिल्लो तहमा बढ्न आवश्यक छ र यो युनाइटेडको ठूलो खेल हो, यसमा आफ्नो क्षमता देखाउनुपर्छ ।’


योर्गन क्लोपले एनफिल्डमा आफ्नो चौथो वार्षिकोत्सव यो साताको सुरुमै मनाए । तर, यी जर्मनको सबै उपलब्धि लिभरपुलको भाग्य परिवर्तन गर्नुमै रह्यो । ओल्ड ट्राफोर्डमा हालसम्म जित हासिल गर्न सकेका छैनन् । लिभरपुलले पछिल्ला ६ यात्रामा ओल्ड ट्राफोर्डमा कुनै पनि खेल जितेको छैन । ऐतिहासिक प्रतिद्वन्द्वितामा त्यो लय गणना नहुने लेफ्ट ब्याक एन्डी रोबर्टसन बताउँछन् ।


‘यस्तो खेलमा आफ्नो लयले अर्थ राख्छ भन्ने मलाई लाग्दैन । हामीले फर्किंदा ८ खेल जितेको र उसले (म्यानचेस्टर युनाइटेड) संघर्ष गरिरहेको कुराले असर गर्दैन । यो म्यानचेस्टर युनाइटेडविरुद्ध लिभरपुल हो,’ स्कल्यान्डका कप्तानले भने, ‘यो विशेष रूपमै फरक माहोलमा हुनेछ, जब युनाइटेडविरुद्ध खेल्नुपर्छ ।’


युनाइटेडको भाग्यसँग दाँजेर हेर्ने हो भने लिभरपुललाई खेलाडी चोटमुक्त भएको अवसर छ । जोएल माटिप सेन्टर-ब्याकमा फर्किएका छन् । तर, मोहम्मद सलाह भने ‘इन्टरनेसनल ब्रेक’ अघि लेस्टरविरुद्ध २-१ को जितमा एङ्कलमा चोट बोकेकाले खेल्नेमा अझै शंका छ ।


वोल्भ्ससँग २-० ले स्तब्ध भएपछि म्यानचेस्टर सिटी पनि लिभरपुललाई दबाब दिनका लागि शनिबार क्रिस्टल प्यालेसविरुद्ध जितको लयमा फर्कनुपर्ने अवस्थामा छ । डिफेन्डिङ च्याम्पियनले केभिन डी ब्रुयनलाई दुई साता गुमाएको थियो । यसबीचमा सिटीले उनलाई खुबै ‘मिस’ गर्‍यो । यी बेल्जियन ‘ग्रोइन इन्ज्युरी’ बाट फर्कन सक्छन् । उनको टिम सेल्हर्ट पार्कमा यो सिजन जित हात पार्ने पहिलो टिम बन्ने अभियानमा छ ।


डी ब्रुयन खेल्दा सिटीले यसपल्ट प्रिमियर लिगका ६ खेलमा २५ गोल गर्‍यो । तर, उनी नरहेका दुई खेलमा सिटी पराजित भयो । प्यालेसले प्रि-सिजनको अनुमानलाई अनिश्चित बनाउँदै चौथो स्थानमा रहेको लेस्टर र चेल्सीसँगै समान १४ अंक जोडेको छ ।

टोटेनहमले वाटफोर्डलाई स्वागत गर्दै छ । ब्राइटनमा ३-० र च्याम्पियन्स लिगमा बायर्न म्युनिखसँग ७-२ को पीडादायी हार बेहोरेको टोटेनहमलाई ‘इन्टरनेसनल ब्रेक’ पछि सही अवस्थामा फर्कने राम्रो समय हुनसक्छ । स्पर्सले सबै किसिमको प्रतियोगितामा यो सिजनका ११ खेलमा तीन खेलमात्रै जितेको छ । तर, वाटफोर्डको भ्रमणले यो सप्ताहन्तमा माउरिसियो पोचेटिनोको टिमलाई राहत दिनसक्छ । ‘द हर्नेस्ट’ हालसम्म यो सिजनको लिगमा जितविहीन रहेको एक्लो टिम हो । सुरुका ८ खेलमा २० गोल बेहोरेको यो टिम अंकतालिकाको पुछारमा छ ।


‘हामीले फेरि आफैंलाई विश्वास गर्न थाल्नुपर्ने आवश्यकता छ । हामीसँग टिममा स्तर छ र सबै कुराका लागि चुनौती दिनसक्छौं,’ पोचेटिनोले भने, ‘हामी अझै त्यहाँ छौं । हामीसँग च्याम्पियन्स लिगमा गत सिजनभन्दा १ अंक बढी छ र लिगमा शीर्ष चारसँग तीन अंक नजिक छौं ।’

प्रकाशित : कार्तिक २, २०७६ ०९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?