१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

खेलाडीका लागि मनोवैज्ञानिक कार्यक्रम

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल ओलम्पिक कमिटीको आयोजनामा नेसनल कन्फरेन्स अन एक्ससइज, स्पोर्ट्स एन्ड फर्फमेन्स साइकोलाजी कार्यक्रम शुक्रबार सुरु भएको छ ।

मनोवैज्ञानिक रूपमा जितको आधार बनाउने उद्देश्यले १३ औं दक्षिण एसियाली खेलकुदलक्षित गरेर कार्यक्रम आयोजना गरिएको हो । युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले कार्यक्रमको उद्घाटन गर्दै १३ औं साग हुँदैन भन्ने कुरा दिमागबाट हटाइदिन आग्रह गरे । उनले खेलाडीलाई मनोवैज्ञानिक रूपमा तयार पारिनुपर्ने बताए ।


दुईदिने कार्यक्रम सातदोबाटोस्थित ओलम्पिक मुख्यालयमा भएको हो । कार्यक्रममा खेलाडी, प्रशिक्षक तथा टिम म्यानेजरसहित १ सय भन्दा बढीको सहभागिता छ ।


राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव रमेशकुमार सिलवालले १३ औं सागका लागि भौतिक पूर्वाधारदेखि मनोवैज्ञानिक रूपमा खेलाडीलाई समेत तयार गरिरहेको बताए । उनले खेलाडीलाई पर्याप्त प्रशिक्षणको व्यवस्था भएको समेत बताए । नेपाल जस्तो देशले लामो समय बन्द प्रशिक्षणमा राख्नु गर्वको विषय भएको सुनाए ।


कार्यक्रमलाई एसिया साउथ प्यासिफिक एसोसिएसन फर स्पोर्टस साइकोलोजी, अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी भिजिनरी इन्टरनेसनलले सहयोग गरेका थिए । कार्यक्रममा एएसपीएएसपीका राष्ट्रिय प्रतिनिधि इन्द्र गुरुङ, एसिया प्यासिफिक एसोसिएसन फर स्पोर्ट्स साइकोलोजीका अध्यक्ष डा. योङ हो किम, ताइवानका फ्याङ जिन, जापानका काओरी एराकी, थाइल्यान्डका नारुइपोभ भागिएटुरापात, राजेश्वरी श्रेष्ठ, विनिता अधिकारी, प्रो. रामकृष्ण महर्जनले सहजीकरण गरेका थिए ।


ओलम्पिक कमिटीकी उपाध्यक्ष ज्योति राणाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष तेज गुरुङ र सुनील श्रेष्ठले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए ।

प्रकाशित : कार्तिक २, २०७६ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?