केदारस्यूँले जित्यो शीलदेवी कप

वसन्तप्रताप सिंह

बझाङ — जिल्लाको सर्वाधिक पुरस्कार राशिको भलिबल प्रतियोगिता केदारस्यूँ गाउँपालिकाले जितेको छ । १ लाख १ सय नगद पुरस्कारको शीलदेवी कप नेपाली सेनाको टिम संग्राम सार्दुल गुल्मलाई हराउँदै केदारस्यूँले जितेको हो ।

शुक्रबार बिहान फाइनलमा केदारस्यूँले सोझो सेटमा जित पायो । सेनाको टिमले ७० हजार १ सय रुपैयाँ पायो । सुर्मा गाउँपालिकाको टिमलाई ३-१ सेटले पराजित गर्दै मस्टा गाउँपालिकाले तेस्रो स्थान हासिल गर्‍यो । तेस्रोले ५० हजार १ सय रुपैयाँ पुरस्कार पायो ।


महिलातर्फ जयपृथ्वी नगरपालिकालाई ३-० ले हराउँदै छ बीस पाथीभराले उपाधि जित्यो । विजेताले ५० हजार र उपविजेताले ३० हजार पुरस्कार पुरस्कार पाए । थलारा गाउँपालिकाकालाई १-३ सेटले हराएर बित्थड चिर गाउँपालिकाले तेस्रो स्थानसहित ३० हजार जित्यो । शीलदेवी कप भलिबलमा पुरुषतर्फ स्थानीय तहका १२ र नेपाली सेनाको एक टिमले प्रतिश्पर्धा गरेका थिए ।


महिलातर्फ ६ टिम प्रतिस्पर्धी बनेका थिए । जिल्लाकै ठूलो राशिको भलिबल प्रतियोगिता हेर्न जिल्लाका विभिन्न स्थानबाट दर्शकको घुँइचो लागेको थियो । जयपृथ्वी नगरपालिकाले प्रायोजन गरेको प्रतियोगिता नयाँ बसपार्कस्थित कोर्टमा थियो । भलिबल बझाङमा सबैभन्दा बढी रुचाइने खेल हो ।


बझाङका विशाल बिक र ज्ञानेन्द्र मल्लले नेपाल प्रहरी र हेमन्त मल्लले एपीएफमा अनुबन्धित भएर विभिन्न अर्न्तराष्ट्रिय प्रतियोगिता खेलिरहेका छन ।

प्रकाशित : कार्तिक २, २०७६ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?