१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

वुहानमा विश्व सैन्य खेलकुद

लक्ष्मी लम्साल

बेइजिङ — चीनको हुपै प्रान्तस्थित वुहानमा शुक्रबारदेखि विश्व सैन्य खेलकुद प्रतियोगिता सुरू भएको छ । सातौं संस्करणमा प्रतियोगिता चलिरहँदा नेपालले पहिलो पटक भाग लिएको छ ।

उद्घाटन समारोहमा नेपालका ४७ खेलाडीसहित ६९ जनाको टोली सहभागी भएको थियो । नेपालले ब्याटमिन्टन, बक्सिङ, घोडचढी, जुडो, तेक्वान्दो, कुस्ती, आर्चरीलगायत भाग लिनेछ । राति ८ बजे सुरु भएको उद्घाटन समारोहको चीनका अधिकांश संचारमाध्यमले निकै महत्त्वसाथ प्रत्यक्ष प्रसारण गरेका थिए ।


विगतभन्दा पहिलो पटक यति ठूलो सैन्य खेलकुद प्रतियोगिता वुहान सहरका ३५ खेलस्थलमा हुँदै छ, जुन गत मेमा पूर्ण निर्माण सम्पन्न भएको थियो । विश्वका १ सयभन्दा बढी मुलुकका साढे १० हजार खेलाडी यति खेर वुहानमा प्रतिस्पर्धा बनेका छन् । विश्व सैन्य खेलकुदमा २७ खेल खेलमा प्रतिस्पर्धा हुनेछ । खेलकुदको माध्यमबाट विश्व शान्ति स्थापनाको अवधारणासाथ अन्तर्राष्ट्रिय सैनिक खेलकुद परिषदले यो खेलकुद आयोजना गरेको हो ।


उद्घाटनमा नेपालबाट रक्षामन्त्री ईश्वर पोखरेल सहभागी भए । चिनियाँ राष्ट्रपति सी चिनफिङले शुभकामना सन्देश पठाएका थिए ।

प्रकाशित : कार्तिक २, २०७६ ०९:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?