पुलिसको जितमा सुमनको ह्याट्रिक

कान्तिपुर संवाददाता

चितवन — सुमन लामाको हयाट्रिकसँगै नेपाल पुलिस क्लबले शुक्रबार नारायणगढ क्याम्पाचौरमा टुबोर्ग जेसिज विकास रनिङ सिल्ड राष्ट्रिय फुटबलअन्तर्गत सरस्वती क्लब काठमाडौंविरुद्ध ५-० को जित निकालेको छ । 

पुलिसको जितमा सुमनको ह्याट्रिक

खेल सुरु हुनासाथ गोल अग्रता लिएको पुलिस हाबी भएको थियो । सुमनले पहिलो मिनेटमै गोल गरे । त्यसपछि २४ औं मिनेटमा नीरकुमार राईले गोल थपे । मध्यान्तरपछि पनि प्रहरीको दबदबा कायम रह्यो ।


हेम तामाङले गोल गरे । यो गोलमा पनि सुमनको भूमिका रह्यो । उनैको पासमा हेमले पोस्ट नजिकबाट गोल गर्दै पुलिसलाई ३-० को अग्रतामा दिलाए । त्यसपछि सुमनले ३३ र ३९ औं मिनेटमा गोल थप्दै ह्याट्रिक पूरा गरे । सुमन प्लेयर अफ द म्याच घोषित भए । उनले १० हजार रुपैयाँ पुरस्कार पाए ।


सरस्वतीले विपक्षीमा पोस्टतर्फ प्रहार गर्ने राम्रा अवसर निकै कम पाएको थियो । मध्यान्तरपछि १७ औं मिनेटमा रमेश घिसिङले गरेको फ्रिकिक पुलिसका गोलरक्षक सुदर्शन चौधरीले जोगाए । यो बाहेक सरस्वतीले पाएका एकाध राम्रा अवसर गोलमा परीणत भएन ।


विकास सिल्ड समितिले नारायणगढमा २०३१ सालदेखि आयोजना गर्नै आएको ‘विकास रनिङ सिल्ड’ फुटबल यसपालि नेपाल जेसिज नारायणगढ शाखाले गरेको छ । विजेताले ६ लाख ६ हजार ६ सय ६६ रुपैयाँ पुरस्कार जित्नेछ । शनिबार एपीएफ क्लब र झापा-११ बीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित : कार्तिक २, २०७६ ०९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?