कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

ह्यान्डबलको छनोट

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को हयान्डबल महिला तथा पुरुष खेलाडीको बिहीबार पोखरामा अन्तिम छनोट भएको छ ।

ह्यान्डबलको छनोट

मंसिर १५ देखि २४ सम्म पोखरामा हुने १३ औं सागअन्तर्गत ह्यान्डबल महिला र पुरुषतर्फ १६–१६ खेलाडी छनोटमा परेका छन् ।


नेपाल ह्याण्डबल संघका अध्यक्ष तेज गुरुङका अनुसार पुरुषतर्फ छनोटमा खेलाडीमा विशाल बस्नेत, दिनेश श्रेष्ठ, विशाल नेपाली, दिपकसिं बोहोरा, सन्दीप कार्की, रणसिं रावत, इन्द्रनारायण चौधरी, मदन चुनारा, श्रीबहादुर सिंजाली, यमबहादुर पुन, आशिष अधिकारी, केशव विष्ट, सरोज सिंह, सन्तोष श्रेष्ठ, हेमन्त थापा र शरण थापा छन् । महिला छनोटमा बविता श्रेष्ठ, अर्चना न्यौपाने, संगीता चौधरी, कविता राई, बन्दना राई, दुर्गा बोहरा, रन्जना राई, शान्तिकला राई, झिनमाया थापा, आइताल्हामु शेर्पा, रामकुमारी चौधरी, शारदा बिक, कल्पना वली, उमा राई, निशा राई र देवकुमारी बाँस्कोटा परेका छन् ।


छनोट समितिले पुरुष र महिलातर्फ ५–५ बैकल्पिक खेलाडी छनोट गरेको छ । महिलातर्फ जिना राई, साधना बम, विष्णा बोगटी, देवी श्रेष्ठ र मञ्जु राउत छन् भने पुरुषमा शरुणमान श्रेष्ठ, तारा केसी, प्रवीण गुरुङ, जोनेश पुर्जा र पवन छन्त्याल छन् ।


छनोट समितिमा संघका उपाध्यक्ष जीवन बस्नेत, केशव पाठक, विदेशी प्रशिक्षक (पोर्चुगल) जोआ फ्लोरेन्सियो, हयान्डबलका मुख्य प्रशिक्षक एवं तालिम तथा प्रशिक्षण विभाग राखेपका उप–निर्देशक हिमालराज दहाल र वरिष्ठ प्रशिक्षक अरुणलाल कर्ण थिए ।


साग तयारीका लागि ह्य्न्डाबलको दुवै टिमका राष्ट्रिय खेलाडी असोज १६ देखि बन्द प्रशिक्षणमा थिए । बन्द प्रशिक्षण अन्तरगत पहिलो चरणमा २८ र दोस्रो चरणमा २२ खेलाडी बन्द प्रशिक्षणमा थिए । दोस्रो चरणको करिब एक महिनाको बन्द प्रशिक्षणपछि १६–१६ खेलाडी छनोट गरिएको हो ।


प्रकाशित : कार्तिक १, २०७६ ०८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?