कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सोनियाको एक बाउट जित

कान्तिपुर संवाददाता

काठमाडौँ — मोरक्कोमा भएको जुनियर्स विश्व जुडो च्याम्पियनसिपमा नेपालकी ४८ केजी तौल समूहकी सोनिया भट्टले मोजाम्बिककी खेलाडी जेनी मुनेमीलाई हराएकी छन् । सोनियाले वाजारी आवासोती इप्पोनमा खेल जितेकी थिइन् । नेपाली जुडो खेलको इतिहासमा विश्व च्याम्पियनसिपमा जितेको यो पहिलो बाउट हो ।

सोनियाको एक बाउट जित

पहिलो बाउट जितेकी सोनिया दोस्रो बाउटमा जापानकी आइको वातानावेसाग पराजित भइन् । सोनियका तौल समूहमा ३१ खेलाडी प्रतिस्पर्धी थिए ।


अर्की नेपाली खेलाडी मनिता श्रेष्ठ प्रधान ब्राजिलकी भिक्टोरिया एन्ड्राडेसाग पराजित भएकी छन् । ५७ केजी तौल समूहमा उत्कृष्ट प्रदर्शन गर्दागर्दै मनिता वाजारीमा पूरा समय टिकेकी थिइन् । तर अन्तत: उनले पराजय सामना गरिन् ।


प्रकाशित : कार्तिक १, २०७६ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?