१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

युनाइटेड विजयी

कान्तिपुर संवाददाता

सिमरा — बाराको महागढीमाई नगरपालिका १ बरियारपुरस्थित गढीमाई स्टेडियममा भएको ‘महागढीमाई कप २०७६ ट्वान्टी–२० लिग क्रिकेटअर्न्तगत बिहीबार युनाइटेड क्रिकेट क्लब वीरगन्ज विजयी भएको छ । युनाइटेडले महावीर क्रिकेट क्लब हेटौंडालाई ६ विकेटले पराजित गर्‍यो ।

टस जितेको महावीरले २० ओभरमा ९ विकेट गुमाई एक सय ३६ रनमा बनाए । विशाल सुवालले ५५, रामनरेश गिरीले २५ र सुमन सुनुवारले १८ रन जोडे ।


प्रत्युत्तरमा युनाइटेड क्लब वीरगन्जले १३.४ ओभरमा ४ विकेट गुमाई लक्ष्य पूरा गरेको थियो । म्यान अफ द म्याच रशिद खान र राजा सिंहले ३४–३४, सन्तोष कार्कीले २३ रनको योगदान गरेका थिए । ६ टिम सहभागी रहेको प्रतियोगिताको विजेताले २ लाख र उपविजेताले १ लाख रुपैयाँ पुरस्कार पाउने आयोजक लेक्स प्ले स्पोर्ट्स क्लब कलैयाका अध्यक्ष एस मिश्राले जानकारी दिए ।


प्रकाशित : कार्तिक १, २०७६ ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?