कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

थमन स्मृति भलिबल हुने

कान्तिपुर संवाददाता

पोखरा — पोखरा–२८ माझठानामा सहिद थमन स्मृति वडास्तरीय भलिबल प्रतियोगिता कात्तिक ६ देखि ८ सम्म हुने भएको छ । सहिद थमन स्मृति प्रतिष्ठानको आयोजना र पोखरा–२८ को सहआयोजनामा प्रतियोगिता हुने भएको हो । महानगरका ३३ वडाबीच हुने भलिबल प्रतियोगिताको विजेताले एक लाख १ हजार १ सय ११ रुपैयाँ जित्नेछ ।

दोस्रोले ५० हजार ५ सय ५५ रुपैयाँ पाउनेछ । उत्कृष्ट खेलाडी, ब्लकर, सेटर, क्विकर र सर्भरले समेत पुरस्कार पाउनेछन् ।


प्रतिष्ठानका अध्यक्ष लालमोहन तिवारीले प्रतियोगिताका लागि ५ लाख ४५ हजार रुपैयाँ खर्च हुने बताए । उनका अनुसार प्रतियोगितामा राष्ट्रिय र क्षेत्रीय स्तरका खेलाडीले सहभागी हुन पाउने छैनन् । संयोजक मनमोहन अधिकारीले टिम दर्ता गर्न सम्बन्धित वडा कार्यालयले खेलाडीको नामावलीसहित सिफारिस पठाउनुपर्ने उल्लेख गरे ।



प्रकाशित : कार्तिक १, २०७६ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?