१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

स्पेन युरोमा छनोट 

(एएफपी)

पेरिस — रोड्रिगो मोरेनोले अन्तिम समयमा बराबरी गोल फर्काएपछि छनोट प्रतियोगितामा स्विडेनसँग उसकै मैदानमा अंक खोसेको स्पेन युरो–२०२० का लागि छनोट भएको छ । अर्कोतर्फ स्विट्जरल्यान्डसँग २–० ले पराजित भए पनि आयरल्यान्डको छनोट सम्भावना जीवितै छ । 

स्पेन युरोमा छनोट 

युरो कप अर्को वर्ष आयोजना हुनेछ । स्पेन युरोमा छनोट हुने सहभागी १६ मध्ये छैटौं टिम बनेको छ । बैकल्पिक खेलाडीका रूपमा आएका रोड्रिगोले इन्ज्युरी समयमा बराबरी गोल गरेपछि पाहुना टोली स्पेनले स्टकहोमको फ्रेन्ड्स एरिनामा सानदार उत्सव मनाएको थियो । ‘स्पेनजस्तो टिम छनोट त हुनैपर्थ्यो तर यसलाई यहाँ हासिल गर्नु हाम्रा लागि महत्त्वपूर्ण छ,’ रोड्रिगोले भने, ‘यसले दबाब अन्त्य गरेको छ र हामीलाई युरोको तयारीमा अधिक समय दिनेछ ।’ अन्तिम दुई खेलमा बराबरीको नतिजा निकालेको रोबर्ट मोरेनोको टिम स्पेन समूह ‘एफ’ मा शीर्षस्थानमा छ । स्पेनले स्विडेनविरुद्ध ५ र रोमानियाविरुद्ध ६ अंकको अग्रतामा छ । मंगलबार राति नै नर्वेसँग १–१ गोलको बराबरी खेलेपछि रोमानियाले दोस्रो स्थानमा उक्लने अवसर गुमाएको थियो । स्पेनले २० अंक बटुलेको छ ।


स्पेनले स्विडेनविरुद्धको अघिल्लो खेलको तुलनामा कमजोर प्रदर्शन गरेको थियो । टोलीले सुरुआत सानदार गरेको थियो तर जित्नैपर्ने अवस्थामा पुगेको सन्तुलित घरेलु टोली स्वीडेनसामु स्पेनको प्रदर्शन फिका थियो ।


गोलरक्षक डेविड डी जियाको तिघ्राको इन्ज्युरीले स्पेनको रमाइलो क्षणलाई फिका पारिदिएको छ । डी जियाको चोटको मूल्य स्पेनले भन्दा बढी म्यानचेस्टर युनाइटेडले चुकाउनु पर्नसक्छ, किनभने यसै साताको अन्त्यमा उसले प्रिमियर लिग लिडर लिभरपुलसँग खेल्दै छ ।

प्रकाशित : आश्विन ३०, २०७६ ०८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?