१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

डब्लूसीएल आजदेखि

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालमा पहिलोपल्ट महिला ट्वान्टी–२० फ्रेन्चाइज क्रिकेट वुमन्स च्याम्पियन्स लिग (डब्लूसीएल) बुधबार सुरु हुँदै छ । ५ टोलीसम्मिलित प्रतियोगिता त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ । कात्तिक ७ सम्म चल्ने प्रतियोगिताको उद्घाटन खेल बुधबार काठमाडौं र चितवनबीच प्रतिस्पर्धा हुनेछ । खेल बिहान ११ बजे सुरु हुनेछ । 

डब्लूसीएल आजदेखि

आयोजक क्वीन्स इभेन्ट म्यानेजमेन्टले मंगलबार पत्रकार सम्मेलनमार्फत लिगको ट्रफी सार्वजनिक गरी प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । प्रतयोगितामा काठमाडौं क्वीन्स, ललितपुर फाल्कोन्स, चितवन राइनोज, पोखरा पल्टन र विराटनगर टाइटन्स गरी ५ टिम प्रतिस्पर्धी छन् । राउन्ड रोबिन प्रणालीमा प्रतियोगिता हुनेछ । राष्ट्रिय टोलीका ५ सिनियर खेलाडीले हरेक टिमको मार्की खेलाडीको जिम्मा पाएका छन् । काठमाडौंमा राष्ट्रिय टोलीकी कप्तान रुबिना क्षेत्री, ललितपुरमा पूर्व कप्तान नेरी थापामगर, चितवनमा इन्दु बर्मा, पोखरामा सीता रानामगर र विराटनगरमा सरिता मगर मार्की खेलाडीमा छन् ।


पत्रकार सम्मेलनमा सबै टिमका मार्की खेलाडीले तयारी राम्रो भएको भन्दै आ–आफ्नो टिमले जित्ने दाबी गरेका छन् । राष्ट्रिय टोलीकी कप्तानसमेत रहेकी काठमाडौंकी कप्तान रुबिनाले पहिलोपल्ट आफ्नै भूमिमा फ्रेन्चाइज लिग खेल्न पाएकोमा खुसी व्यक्त गरिन् ।


विजेताले ७ लाख र उपविजेताले ३ लाख रुपैयाँ पुरस्कार पाउने छन् । सर्वोत्कृष्ट खेलाडीका लागि एउटा स्कुटर र ५० हजार तथा उत्कृष्ट ब्याटर र बलरलाई जनही २५ हजार पुरस्कार दिइनेछ । हरेक खेलको प्लेयर अफ द म्याचले ५ हजार पुरस्कार पाउनेछन् ।


प्रकाशित : आश्विन २९, २०७६ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?