१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

गार्डेनलाई उपाधि

कान्तिपुर संवाददाता

सुनसरी — खरानी गाइज धरान–१६ द्वारा आयोजित प्रदेश १ स्तरीय दसैं–तिहार खुला फुटसलको उपाधि गार्डेन फुटसल क्लबले जितेको छ । गार्डेनले ग्याटिस फुटसल क्लबलाई ६–० ले हराउँदै मंगलबार उपाधि जितेको हो । गार्डेनले ३५ हजार र ग्याटिसले २५ हजार रुपैयाँ पुरस्कार पाए । गार्डेनका रिवश मास्केले ह्याट्रिक गरे भने मिलन लिम्बुले २ र सुदीप गुरुङले १ गोल गरे । 

म्यान अफ द म्याच रिवश मास्के, उत्कृष्ट खेलाडी इचिके राई र उत्कृष्ट गोलकिपर सचिन श्रेष्ठ घोषित भए । उनीहरूले समान २ हजार पाए । सबै गार्डेनका हुन् ।

प्रकाशित : आश्विन २९, २०७६ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?