रोनाल्डोको सात सयौं गोल तर युक्रेन छनोट

(एजेन्सी)

पेरिस — पोर्चुगली स्टार क्रिस्टियानो रोनाल्डोले सोमबार आफ्नो खेल जीवनको सात सयौं गोल पूरा गरेका छन् । तर उनको टिम युरो २०२० छनोटमा युक्रेनको हातबाट २–१ ले पराजित रह्यो ।

रोनाल्डोको सात सयौं गोल तर युक्रेन छनोट

खेलको सुरुआती २७ मिनेटभित्र युक्रेनका लागि रोमन यारेमचुक र आन्द्रेयी यारमोलेन्कोले गोल गरे । रोनाल्डोको ऐतिहासिक सात सयौं गोल ७२ औं मिनेटमा सम्भव भएको थियो ।

उनले यसका लागि पेनाल्टीबाट गोल गरे । रोनाल्डोले पोर्चुगलका लागि गरेको यो ९५ औं गोल हो । अब ३४ वर्षीय खेलाडी कीर्तिमान अन्तर्राष्ट्रिय गोलको नजिक पुगेका छन् ।


इरानका अलि दाइको नाममा सर्वाधिक १ सय ९ गोलको कीर्तिमान छ । जितपछि युक्रेन समूह बी को शीर्ष स्थानमा रह्यो । युक्रेनस“गै अहिलेसम्म युरो २०२० म पोल्यान्ड, रुस, इटाली र बेल्जियम छनोट भइसकेका छन् ।


प्रकाशित : आश्विन २८, २०७६ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?