कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

क्रिकेट संघमाथिको निलम्बन ससर्त फुकुवा

कुशल तिमल्सिना

काठमाडौँ — अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले नेपाल क्रिकेट संघ (क्यान)माथि लगाएको निलम्बन ससर्त फुकुवा गरेको छ ।  आइतबार र सोमबार बसेको आईसीसी बैठकले ससर्त फुकुवा गर्ने निर्णय गरे पनि विज्ञप्तिमा सर्तबारे केही उल्लेख गरिएको छैन । 

क्रिकेट संघमाथिको निलम्बन ससर्त फुकुवा

नेपाली क्रिकेटमा सरकारी हस्तक्षेप भएको र निर्वाचन स्वतन्त्र र निष्पक्ष नभएको भन्दै आईसीसीले २०७३ बैशाखमा नेपाल क्रिकेट संघमाथि निलम्बन गरेको थियो । त्यसपछि आईसीसीकै प्रत्यक्ष संग्लग्नतामा गठन गरिएको सल्लाहकार समिति र स्वतन्त्र समितिको मातहत जिल्ला, प्रदेश र असोज ३ गते केन्द्रीय निर्वाचन सम्पन्न भएको थियो ।


चतुरबहादुर चन्दको नेतृत्वमा १७ सदस्यीय कार्यसमिति निर्वाचित भएसँगै नेपालको निलम्बन फुकुवाको बाटो खुलेको हो ।


‘नेपालले एसोसिएट सदस्यताको सीमामा रहेर सर्त कार्यान्वयन गर्ने संक्रमणकालीन समयका लागि नयाँ योजना बनाइनेछ । त्यसमा आर्थिक सहयोगमाथिको नियन्त्रण पनि समावेश हुनेछ,’ आईसीसी अध्यक्ष शशांक मनोहरलाई उदृत गरी विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित : आश्विन २७, २०७६ २०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?