१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

एनआरएनए मैत्रीपूर्ण गल्फ

कान्तिपुर संवाददाता

काठमाडौँ — गैरआवासीय नेपाली संघ (एनआरएनए) स्पोर्ट्स कमिटीले आइतबार मैत्रीपूर्ण गल्फ प्रतियोगिता आयोजना गरेको छ । एनआरएनए र नेपाली टिम छुट्याएर गरिएको प्रतिस्पर्धामा नेपाली टोलीबाट अवकासप्राप्त मेजर दमन घले र एनआरएनए टोलीबाट लव गुरुङ (हङकङ) ले उपाधि जितेका छन् । 

गोकर्ण गल्फ कोर्समा भएको प्रतिस्पर्धामा नेपाली टोलीका बीबी श्रेष्ठ दोस्रो र मेजर रामबहादुर गुरुङ तेस्रो भए । लङ्गेस्ट ड्राइभमा प्रभाकर अधिकारी, सर्वाधिक बर्डिजमा आरएम शेरचन र क्लोजेस्ट टू पिनको पुरस्कार महेन्द्र मैनालीले पाए ।


एनआरएनए टोलीबाट डम्बर घले (बेलायत) दोस्रो तथा नारायण गुरुङ (अमेरिका) ले तेस्रो स्थानमा चित्त बुझाए । लङ्गेस्ट ड्राइभ ललित सुब्बा (हङकङ), सर्वाधिक बर्डिजमा प्रितम श्रेष्ठ (हङकङ) र क्लोजेस्ट टू पिनमा श्याम तामाङ (बहराइन) पुरस्कृत भए ।


एनआरएनको नवौं सम्मेलनका लागि काठमाडौं आइपुगेका विभिन्न देशमा रहेका नेपाली र काठमाडौंमा रहेका एमेच्योर गल्फ खेलाडीको प्रतियोगितामा सहभागी रहेको थियो । एनआरएनए टोलीका विजेतालाई संघको नवौं सम्मेलन उद्घाटनका दिन पुरस्कृत गरिनेछ । एनआरएनएको हरेक सम्मेलनको पूर्वसन्ध्यामा आयोजना हुँदै आएको यस मैत्रीपूर्ण प्रतियोगिताको यो छैटौं संस्करण हो ।

एनआरएनएको टोलीमा पूर्व अध्यक्षद्वय शेष घले र जीवा लामिछाने, ओलम्पिक तेक्वान्दोमा पदक जित्ने एकमात्र खेलाडी विधान लामा, एनआरएनएका पूर्व कोषाध्यक्ष प्रितम श्रेष्ठलगायत १६ गल्फरको सहभागिता थियो । नेपाली टोलीमा दमन घलेको संयोजकत्वमा पूर्व प्रधानसेनापति प्यारजंग थापालगायतको सहभागिता थियो ।

प्रकाशित : आश्विन २७, २०७६ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?