कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

दुर्गालाई स्वर्ण

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली धावक दुर्गा बुढाले भारतको ५९ औं राष्ट्रिय खुला एथलेटिक्स च्याम्पियनसिपअन्तर्गत ३ हजार मिटर स्टिपलचेसमा स्वर्ण पदक जितेका छन् । भारतीय सेनाको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागिता जनाएका उनले ८ मिनेट ४४.९६ सेकेन्डमा दूरी पार गर्दै स्वर्ण जितेका हुन् । 

दुर्गालाई स्वर्ण

जुम्लामा जन्मिएका २९ वर्षीय धावक दुर्गाले राँचीस्थित बिर्सा मुन्डा एथलेटिक्स रंगशालामा आइतबार साँझ सम्पन्न स्पर्धामा सुरुदेखि नै अग्रता कायम गरेका थिए ।


स्वर्ण पदक जित्ने क्रममा उनले निकटतम प्रतिस्पर्धी आफ्नै विभागका शंकरलाल स्वामीलाई करिब १० सेकेन्डले पछि पारे । शंकरले ८ मिनेट ५४.०३ सेकेन्डमा दूरी पूरा गरी रजत जिते । कांस्य विजेता हरियाणाका बाल किसनले ९ मिनेट ०३.२२ सेकेन्डमा दूरी पार गरे ।


वैशाखमा प्रदेश ५ मा सम्पन्न आठौं राष्ट्रिय खेलकुदमा जुम्लाबाट खेलेका दुर्गाले १० हजार मिटरमा स्वर्ण जितेका थिए भने ५ हजार र म्याराथनमा रजत पदक जितेका थिए । दुर्गा यसै वर्षको जेठ महिनामा सम्पन्न नवौं कान्तिपुर हाफ म्याराथनमा दोस्रो भएका थिए ।

प्रकाशित : आश्विन २७, २०७६ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?