२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

तिलोत्तमा प्रिमियर लिग क्रिकेट : ज्ञानोदय र पाल्पाली विजयी

सन्जु पौडेल

रूपन्देही — सर्वोत्तम सिमेन्ट तेस्रो तिलोत्तमा प्रिमियर लिग क्रिकेटमा आइतबार रेन्बो ज्ञानोदय गोल्डेन्स र पाल्पाली लिजेन्ड्स विजयी भएका छन् । 

ज्ञानोदयले तिनाउ टाइटन्सलाई २९ रनले पराजित गरेको हो । ज्ञानोदयले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५४ रन बनायो । तिनाउ टाइटन्सले पूरा २० ओभर खेले पनि १ सय २५ रनमात्र बनाउन सक्यो ।

ज्ञानोदयको जितमा सुनील धमलाले अलराउन्ड प्रदर्शन गरेका छन् । उनले ३ विकेट लिनुका साथै २५ रन जोडेका थिए । सुनील नै खेलको म्यान अफ द म्याच भए । सुनीलसँगै ज्ञानोदयका लागि शंकर रानाले अर्धशतक बनाएका थिए । उनले ५५ रनको योगदान गरे । तिनाउका लागि अर्जुन गिरीले ४४ रन जोडे भने अन्य खेलाडीको प्रदर्शन सन्तोषजनक रहेन ।

ज्ञानोदयबाट जितेन्द्र साहनी र कमल ओलीले १-१ विकेट लिएका थिए । ज्ञानोदयका अर्धशतक बनाएका शंकर राना मोस्ट भ्यालुएबल प्लेयर भए ।

पाल्पाली लिजेन्ड्सले लगातार दोस्रो खेल जित्ने क्रममा सियारी राइनोजलाई ५ विकेटले पन्छायो । पाल्पालीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको सियारीले २० ओभरमा ५ विकेट गुमाई १ सय ६८ रन बनायो । पूर्व राष्ट्रिय खेलाडी लालबहादुर अधिकारीले ३९ बलमा ७ चौका र १ छक्का प्रहार गर्दै ५७ रन जोडेका थिए । उनी १९.५ ओभरमा आउट भए । अन्तिम ओभरको अन्तिम बल सामना गरेका नितेश थापा रनआउट भएका थिए । पाल्पालीका सुदेश गोदारले ३ र विक्रम सोबले २ विकेट लिए ।

प्रशिक्षक शक्ति गौचनको प्रशिक्षण तथा अनुभवी अन्तर्राष्ट्रिय खेलाडी विनोद भण्डारीसम्मिलित पाल्पाली टिमले ५ विकेट गुमाई १८.३ ओभरमा १ सय ६९ रनको लक्ष्य भेट्टाएको थियो ।

राजेन्द्रमान शाक्यले ३० बलमा ५ छक्का र ४ चौका मदतमा ५६ रन जोडेका थिए । तुलबहादुर थापाले १५ बलमा ५ छक्कासहित ३५ रनको इनिङ्स खेले । राजेन्द्रमान म्यान अफ द म्याच घोषित भए । तुलबहादुर थापा मोस्ट भ्यालुएबल प्लेयर बने ।

प्रकाशित : आश्विन २७, २०७६ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?