कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ऋचाको स्मृतिमा क्रिकेट सुरु

कान्तिपुर संवाददाता

अस्ट्रेलिया — मेलबर्नमा ऋचा श्रेष्ठको स्मृतिमा भिक्टोरिया राज्यस्तरीय क्रिकेट प्रतियोगिता आइतबार सुरु भएको छ । सन् २०१४ मा अस्ट्रेलिया आएकी ऋचाको जुलाईमा क्यान्सर रोगको उपचारका क्रममा मृत्यु भएको थियो ।

नेपालको क्रिकेट क्षेत्रमा सक्रिय रहेको परिवारसँग सम्बन्धित रहेकी उनको स्मृतिमा राज्यस्तरीय क्रिकेट आयोजना गरिएको आयोजक सगरमाथा क्रिकेट क्लबले जनाएको छ । ऋचाका बुवा नरेशकुमार श्रेष्ठ नेपाल क्रिकेट संघ (क्यान) पूर्व उपाध्यक्ष हुन् ।


उनका दाजु युनिल श्रेष्ठ र भाइ मन्जित श्रेष्ठ नेपालका पूर्व राष्ट्रिय खेलाडी हुन् । अहिले अस्ट्रेलियामै रहेका नरेशकुमारले

ऋचाले कलिलै उमेरमा संसार छोडेर गए पनि क्रिकेटसँग धेरै लगाव रहेकाले उनको स्मृतिमा प्रतियोगिता आयोजना गरिएको बताए ।

आयोजक संस्थाका पूर्व अध्यक्ष विवेक श्रेष्ठका अनुसार प्रतियोगितामा भिक्टोरियामा राज्यमा रहेका विभिन्न ८ नेपाली क्रिकेट टोलीले सहभागिता रहेको छ । लिग चरणमा २० ओभरको खेल हुने स्पर्धा हरेक आइतबार गरी ६ सातासम्म चल्ने उनले बताए ।

आइतबार एसीसी ब्रिलियन्टले द हिमालयन र नारे किंग्सले आरआरसीलाई हराए । एससीसी ‘ए’ ले गोर्खाली क्रिकेट क्लब तथा आरआरसी ‘ए’ ले एक्सपर्टविरुद्ध जित पाएका थिए ।

प्रकाशित : आश्विन २७, २०७६ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?