२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

नेदरल्यान्ड र जर्मनीको महत्त्वपूर्ण जित

एजेन्सी

पेरिस — युरो २०२० छनोटमा नेदरल्यान्ड्स र जर्मनीले आइतबार राति महत्त्वपूर्ण जित निकालेका छन् । यसले समूह सी मा उत्तरी आयरल्यान्डको सम्भावना कमजोर भएको छ ।

नेदरल्यान्ड र जर्मनीको महत्त्वपूर्ण जित

नेदरल्यान्ड्सले बेलारुसलाई २-१ र जर्मनीले इस्टोनियालाई ३-० हरायो । समूहमा दुवै विजयी टिमको समान १५ अंक छ र शीर्ष दुई स्थानमा छन् ।


समूह ई मा हंगेरीले अजरबैजानलाई १-० ले हरायो भने वेल्स र क्रोएसियाले १-१ को बराबरी खेले । समूह जी मा पोल्यान्डले उत्तरी मेसोडोनियालाई २-० र अस्ट्रियाले स्लोभानियालाई १-० पराजित गर्न सफल रह्यो ।


समूह ई मा बेल्जिमले काजाकिस्तानलाई २-०, रुसले साइप्रसलाई ५-० तथा स्कटल्यान्डले सान मारिनोलाई ५-० ले पन्छायो ।

प्रकाशित : आश्विन २७, २०७६ ०७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?