२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

टि–ट्वान्टी वरीयतामा नेपालको सुधार

कान्तिपुर संवाददाता

काठमाडौँ — अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले जारी गरेको नयाँ वरीयतामा नेपाल एक स्थान उक्लेको छ । आइसिसीले सार्वजनिक गरेको महिला टि–ट्वान्टी क्रिकेटको वरीयतामा एक स्थान सुधार गर्दै नेपाल १४औँ स्थानमा उक्लिएको हो । 


यसअघि आइसिसी वरीयतामा नेपाल १५औँ स्थानमा थियो । नयाँ वरीयताअनुसार नेपालले १७ खेलबाट १२८ रेटिङ पाएको छ । नयाँ वरीयतामा अष्ट्रेलिया पहिलो, इङ्ग्ल्याण्ड दोस्रो तथा न्युजिल्याण्ड, वेष्ट इण्डिज र भारत क्रमशः तेस्रो, चौथो र पाँचौं स्थानमा छन् ।


आइसिसीको टि–ट्वान्टी महिला खेलाडीको वरीयतामा नेपालकी सीता राना मगर र नेरी थापा समावेश भएका छन् । नेपालकी उपकप्तान सीता अलराउण्डरतर्फ ५८औँ स्थानमा अटाएकी छन् भने ब्याटिङतर्फ उनी ८३औँ स्थान रहेकी छिन् । बलिङतर्फ पूर्व कप्तान थापा ९२औँ स्थानमा रहेकी छन् ।

प्रकाशित : आश्विन २६, २०७६ १८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?