२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

राज्यमन्त्रीको चियापान कार्यक्रममा सिलिन्डर विस्फोट

कान्तिपुर संवाददाता

धनुषा — स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवले आयोजना गरेको चियापान कार्यक्रममा ग्यास सलिण्डरमा आगो सल्किँदा चार जना घाइते भएका छन् । महोतरीको सोनमा गाउँपालिका–८ सिंहासनिमा यादवले आयोजना गरेको कार्यक्रममा सहभागीका लागि चिया पाकाउँदै गरेका चारजना घाइते भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । 

शुक्रबार दिउँसो सोनमा गाउँपालिकाको वडा नम्बर ८ स्थित श्री रारामावि सुकचैनामा आयोजित चियापान कार्यक्रममा ग्यास लिक भएर आगो लाग्दा चार जना घाइते भएको प्रहरीले जनाएको छ । ग्यासमा पोलेर सोनमा गाउँपालिका–८ का २५ वर्षीय सरोज कुमार यादव, २६ वर्षीय कौशल यादव, २६ वर्षीय रितेशकुमार यादव र १७ वर्षीय सन्तोष पासवान घाइते भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । घाइते ४ जनाको जनकपुरस्थित जानकी हेल्थ केयरमा उपचार भइरहेको छ । ग्यास चुल्हा बग्रिएर दुर्घटना भएको सोनमा गाउँपालिका–८ का वडाअध्यक्ष राजदेव प्रसाद यादवले बताए ।


प्रकाशित : आश्विन २६, २०७६ १०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?