२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

दुई जुडो खेलाडी मोरक्कोतर्फ

कान्तिपुर संवाददाता

काठमाडौँ — मोरक्कोमा हुने विश्व जुडो च्याम्पियनसिपमा नेपालका दुई महिलो जुडो खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् । अक्टोबर १६ देखि २० सम्म हुने विश्व च्याम्पियनसिपमा सोनिया भट्ट र मनिता श्रेष्ठ प्रधानले भाग लिने छन् । मनिताले ५६ केजीमुनि र सोनियाले ४८ केजीमुनि तौलसमूहमा प्रतिस्धर्पा गर्नेछिन् । प्रशिक्षकमा चन्द्रकुमार डंगोल र व्यवस्थापकमा लक्ष्मीरत्न तुलाधर छन् ।

दुई जुडो खेलाडी मोरक्कोतर्फ

विश्व च्याम्पियनसिपमा ८८ राष्ट्रका ३ सय २१ पुरुष र २ सय ३६ महिला खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष बज्रचार्यले जानकारी दिए ।


मंसिरमा नेपालमै आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीको रूपमा लिइएको जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यले बताए । चार सदस्यीय नेपाली टोलीलाई शनिबार राखेप सदस्यसचिव रमेशकुमार सिलवालले बिदाइ गरे ।


प्रकाशित : आश्विन २६, २०७६ ०९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?