कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

अस्ट्रेलियाको वर्चस्व

रितेश रिजाल

(क्यानबेरा, अस्ट्रेलिया) — खेल–तालिका सार्वजनिक भएलगत्तै नेपाल र आयोजक अस्ट्रेलियाविरुद्धको खेलको नतिजाको अनुमान सबैले गरिसकेका थिए । दक्षिण एसियाली क्षेत्रमै संघर्षरत नेपाली टिमका लागि विश्वकपमा छनोट हुने योजना बनाएको टिमविरुद्ध खेल्दा सँधै क्षति नियन्त्रणकै विषय हुने गर्छ ।

अस्ट्रेलियाको वर्चस्व

विश्वकप २०२२ र एसियन कप २०२३ को छनोटको रूपमा रहेको समूह ‘बी’ को खेलमा नेपालल जीआईओ रंगशालामा बिहीबार ५–० ले पराजित भयो । अस्ट्रेलियाले दोस्रो चरणको छनोटको तीन खेलमा नेपालको यो तेस्रो हार हो । कुवेतविरुद्ध ७–० ले स्तब्ध भएपछि नेपालले ताइवानलाई २–० ले हराएर हौसला बढाएको थियो । जेमी म्याक्लारेनले ह्याट्रिक गरे । ह्यारी साउटरले एक गोल गरे । अर्को एक गोल आत्मघातीको रुपमा रह्यो । त्यसैले अस्ट्रेलियाले पाहुना टिममाथि वर्चस्व काम गर्‍यो ।


अत्तालिएजस्तो देखिएको नेपाली टिमका गोलकिपर किरण चेम्जोङले रञ्जित धिमालको सहज ‘ब्याक पास’ मा ठूलो भूल गर्न पुगे । उनले बल क्लियर गर्ने प्रयास गरे पनि ‘रिबाउन्ड’ भयो र त्यसमा आयोजक ‘सकरुज’ ले पाँच मिनेटपछि नै अग्रता लियो । आरोन मोयको प्रहारमा चेम्जोङबाट फर्केको बललाई जेमी म्याक्लारेनले नजिकबाट गोलमा परिणत गरे ।


अस्ट्रेलियाको वर्चस्वमा फेरि १९ औं मिनेटमा गोल भयो । अजिज बेहिचको क्रसमा रायन गन्टले हेडद्वारा क्म्याक्लारेनलाई बल उपलब्ध गराएर र उनले त्यसलाई हेडद्वारा गोलमा परिणत गर्दै अस्ट्रेलियालाई २–० को अग्रता दिलाए ।

सकरुजले शारीरिक बलियोपनको फाइदा लिँदै ‘सेट पिस’ मा अर्को गोल गर्‍यो । ह्यारी साउटरले क्रेग गुडविनको कर्नरमा २४ औं मिनेटमा गोल गर्दै ३–० बनाए । खेलले आधा घन्टा छँदा गोलकिपर चेम्जोङले लगातार बचाउ गर्दै कम गोलको अन्तरलाई कायमै राखिदिएका थिए । चेम्जोङले फेरि एकपल्ट अस्ट्रेलियाको गोललाई अस्वीकार गरिदिए । उनले क्रेग गुडविनको हेडरलाई रोकेका थिए । ५५ औं मिनेटको त्यस मुभ मोयको क्रसमा भएको थियो । मोयले उपलब्ध गारएको बलमै घरेलु टिमले चौथो गोल गरेको थियो । जति बेला साउटरले प्रहार गरेको बल नेपाली डिफेन्डर दिनेश राजवंशीमा लाग्दै जाली चुम्न पुगेको थियो । उत्कृष्ट रूपमा बनाएको खेलमा करिब ३० यार्डबाट बल अघि लाँदै म्याक्लारेनले खेल ५–० बनाए ।


नेपालका प्रशिक्षक योहान कालिनले विमल घर्तीमगरलाई ६६ मिनेटसम्म बेन्चमा राख्दै पहिलो रोजाइमा युवा फरवार्ड अभिषेक रिजाललाई अवसर दिएका थिए । नेपाली सेनाका नवयुग श्रेष्ठ १८ हजार ५ सय ६३ दर्शक उपस्थित भएको रंगशालामा ‘वार्मअप’ गरे पनि खेलभरि बेन्चमै रहे ।


कुवेत सिटीमा कुवेतमाथि ३–० को जित हात पारेका खेलाडीलाई नै लिएर सकरुजले नेपाली टिमविरुद्ध खेल्यो । सामान्य घाइते भएकाले डिफेन्डर ट्रेन्ट सेन्सबरीले खेल गुमाए तर ब्रिस्टोल सिटीका अनुभवी डिफेन्डर बेली राइट ग्राहम आर्नोल्डको टिममा फर्किए । पूरा टिममा अस्ट्रेलियाका तीन खेलाडीले मात्रै घरेलु लिग खेल्छन् । गत सेप्टेम्बरमा भएको खेल चोटको कारण गुमाएका कप्तान मार्क मिलिगनको आगमनले टिमलाई बलियो बनाएको थियो ।

नेपाली टिमले अब जोर्डनतर्फ लाग्नेछ, जहाँ १५ अक्टोबरमा खेल्नेछ । पाँच–पाँच टिमको आठ समूह रहेको छनोट ‘होम एन्ड अवे’ का आधारमा हुँदै छ । आठ समूहका विजेता र उपविजेतामध्ये उत्कृष्ट चार टिम चीनमा हुने एएफसी एसियन कप २०२३ मा छनोट हुने छन् र त्यससँगै उनीहरूले कतारमा हुने विश्वकप २०२२ को फाइनल चरण खेल्ने छन् ।


पुछारका चार टिमबाहेक छनोटको अर्को चरणमा स्थान बनाउन असफल बाँकी २४ टिमले एएफसी एसियन कपका लागि प्रतिस्पर्धा गर्ने छन् । त्यस २४ टिमले एसियन कप खेल्ने बाँकी १२ टिमभित्र रहनको लागि प्रतिस्पर्धा गर्ने छन् ।

प्रकाशित : आश्विन २४, २०७६ १०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?