विश्वकप २०२२ छनोट : नेपालले बलियो अस्ट्रेलियाको सामना गर्दै, खेल हेर्न ५ हजार नेपाली दर्शक रंगशाला पुग्ने अनुमान [तस्बिरहरु]

नेपाल र अस्ट्रेलियाको खेल क्यानबेरामा १४ः४५ बजे सुरु
राजु घिसिङ, तस्बिर : हेमन्त श्रेष्ठ

काठमाडौँ — नेपाली राष्ट्रिय फुटबल टिमले विश्वकप २०२२ छनोटमा बिहीबार फिफा वरीयतामा ११७ स्थानमाथिको अस्ट्रेलियाविरुद्ध प्रतिस्पर्धा गर्दैछ । पाँचपल्ट विश्वकप खेलिसकेको अस्ट्रेलियाले सहजै जित्ने अनुमान धेरैले गरेका छन् ।

नेपालका प्रशिक्षक योहान कालीन ‘प्रतिद्वन्द्वी जस्तोसुकै बलियो भए पनि त्यसको सामना गर्न तयार’ रहेको बताएका छन्।

अस्ट्रेलियाको राजधानीस्थित जीआईओ रंगशालामा हुने खेलमा ७–८ हजार नेपाली समर्थकको उपस्थिति हुने अनुमान गरिएको छ र यसले पनि नेपाली टिमलार्य उत्साहित बनाउनेछ। खेलाडी र समग्र टिमको स्तरलार्य हेर्ने हो भने अस्ट्रेलियासँग नेपाली फुटबललाई एउटै स्तरमा राखेर दाँज्नु मूर्खता हुन्छ। ९० मिनेटको खेलमा जे पनि सम्भव हुनसक्छ र यस्तोमा नेपाली टिम अस्ट्रेलियालाई स्तब्ध पार्न चाहन्छ। सिड्नीमा बडादसैं मनाएको नेपाली टिमको सबभन्दा ठूलो चुनौती भनेको चार वर्षअघिको एसियाली च्याम्पियनलाई धेरै गोल गर्नबाट रोक्नु हुनेछ।

एसियन कप २०२३ को छनोटको रुपमा पनि रहेको यस विश्वकप छनोटमा नेपालले दुई खेल खेलिसकेको छ। पहिलो खेलमा कुवेतमा ७–० को अनपेक्षित हार बेहोरेको नेपालले त्यसको पाँचौं दिनमा ताइवानमा २–० को जित निकालेको थियो। त्यसैले नेपाललाई अन्तर्राष्ट्रिय फुटबलमै अनपेक्षित प्रदर्शन गर्ने टिमको रुपमा लिइन्छ र यसबाट अस्ट्रेलिया सतर्क छ। ‘सकरुज’ले परिचित अस्ट्रेलियाली टिमले यो विश्वकप छनोटमा एक खेलमात्र खेलेको छ र उसले कुवेत यात्रामा ३–० को जित हासिल गरेको थियो।

२३ सदस्यीय अस्ट्रेलियाली टिममा युरोपेली क्लबमा व्यस्त रहेका खेलाडीको बाहुल्य छ। उसका तीन खेलाडी मात्रै स्वदेशी लिग खेल्छन्। ठीक उल्टो नेपाली टिमका तीन खेलाडी (रोहित चन्द, किरण चेम्जोङ र विमल घर्तीमगर) मात्रै बिदेशमा लिग खेल्छन्। अस्ट्रेलियाको योजना ताइवान, जोर्डन र कुवेत पनि रहेको समूहमा शीर्ष स्थानमा हासिल गर्दै छनोटको अन्तिम चरणमा प्रवेश गर्ने हो भने नेपालको लक्ष्य राम्रो प्रदर्शन गर्ने र आफूभन्दा माथिल्लो स्तरका चारै टिमलाई स्तब्ध पार्ने प्रयास गर्ने हो।

अस्ट्रेलियाका कप्तान मार्क मिलिगन चोटमुक्त भएर मैदानमा फर्किएका छन्। कुवेतवरुद्ध दुई गोल गरेका म्यथ्यु लेस्कीसँगै जेमी म्याक्लारेन र क्रेग गुडविनले अस्ट्रेलियाको अग्रपंक्ति सम्हाल्दैछन्। इंग्लिस प्रिमियर लिग क्लब ब्राइटन एन्ड आल्बियनका विंगर आरोन मोय र गोलकिपर म्याथ्यु रायन पहिलो रोजाईमै छन्। यी दुईको टिमले प्रिमियर लिगको पछिल्लो खेलमा टोटेनहम हर्टस्परलाई ३–० ले हराएको थियो। मोयले कुवेतविरुद्ध एक गोल गरेका थिए।

स्वीडस प्रशिक्षक योहान कालीनको रणनीति डिफेन्स बलियो बनाउने र काउन्टरमा अगाडि बढ्ने हो।

अस्ट्रेलियाविरुद्ध पनि त्यसै गर्दैछन्। उनको यो रणनीति कुवेतविरुद्ध असफल भए पनि ताइवानविरुद्ध फापेको थियो। विश्वकप छनोटमा अस्ट्रेलियाले घरेलु मैदानमा १० बर्षयता हारेको छैन। नेपालले उसको त्यो यात्रालाई पूर्ण्विराम लगाउने भन्दा पनि जुझारु खेल प्रदर्शन गर्दै सकरुजको आक्रमक रुपलाई निस्तेज पार्ने प्रयास गर्नेछ। नेपालले अस्ट्रेलियाविरुद्ध पहिलोपल्ट खेल्न लागेको हो।


प्रकाशित : आश्विन २३, २०७६ १४:३१
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

साथीहरुबीच सामान्य विवादमा कुटपिटपछि हत्या

प्रतीक्षा काफ्ले

(गण्डकी) — भलिबल खेल्नको लागि जम्मा भएका स्थानीय युवाहरुबीच एक–आपसमा झगडा हुँदा स्याङ्जाको हरिनास गाउँपालिका–५ बलिडाँडामा एक युवाको मृत्यु भएको छ । सैसाथीबीच झगडा हुँदा कुटपिट गर्दै हत्या गरेको प्रहरीले बताएको छ ।

बुधबार राति बलिडाँडाका २९ वर्षीय महेन्द्र आलेको हत्या भएको स्याङ्जा प्रहरी प्रमुख एसपी राजकुमार लम्सालले जानकारी दिए। एसपी लम्सालका अनुसार आपसी झगडा हुँदा कुटपीट भएपछि आलेको घटनास्थलमा नै मृत्यु भएको थियो। आलेको मृत्युपश्चात घटनामा संलग्न युवाहरु फरार रहेको प्रहरीले बताएको छ।

फरार युवाहरुलाई बिहीबार बिहान विभिन्न स्थानमा रहेको प्रहरी युनिटका प्रहरी परिचालन गरेपछि पक्राउ गर्न सफल भएको प्रहरीले बताएको छ। पक्राउ पर्नेमा हरिनास गाउँपालिका–६ का २३ वर्षीय नरेश मानन्धर, वर्ष ३० का मातृका मानन्धर, वर्ष १९ का विमल मानन्धर, वर्ष २८ का अमृत मानन्धर, वर्ष १९ का धरम मानन्धर रहेको स्याङ्जा प्रहरी प्रवक्ता डीएसपी नवीनकृष्ण भण्डारीले बताए।

डीएसपी भण्डारीका अनुसार घटनाको विषयमा थप अनुसन्धानको कार्य जारी छ। प्रहरीले ४ जनालाई रत्नपुर प्रहरी चौकी र २ जनालाई तनहुँको भीमाद प्रहरी चौकीबाट पक्राउ गर्न सफल भएको बताएको छ।

प्रकाशित : आश्विन २३, २०७६ १३:४५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT