कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

विश्वकप २०२२ छनोट : नेपालले बलियो अस्ट्रेलियाको सामना गर्दै, खेल हेर्न ५ हजार नेपाली दर्शक रंगशाला पुग्ने अनुमान [तस्बिरहरु]

नेपाल र अस्ट्रेलियाको खेल क्यानबेरामा १४ः४५ बजे सुरु

काठमाडौँ — नेपाली राष्ट्रिय फुटबल टिमले विश्वकप २०२२ छनोटमा बिहीबार फिफा वरीयतामा ११७ स्थानमाथिको अस्ट्रेलियाविरुद्ध प्रतिस्पर्धा गर्दैछ । पाँचपल्ट विश्वकप खेलिसकेको अस्ट्रेलियाले सहजै जित्ने अनुमान धेरैले गरेका छन् ।

विश्वकप २०२२ छनोट : नेपालले बलियो अस्ट्रेलियाको सामना गर्दै, खेल हेर्न ५ हजार नेपाली दर्शक रंगशाला पुग्ने अनुमान [तस्बिरहरु]

नेपालका प्रशिक्षक योहान कालीन ‘प्रतिद्वन्द्वी जस्तोसुकै बलियो भए पनि त्यसको सामना गर्न तयार’ रहेको बताएका छन् ।

अस्ट्रेलियाको राजधानीस्थित जीआईओ रंगशालामा हुने खेलमा ७–८ हजार नेपाली समर्थकको उपस्थिति हुने अनुमान गरिएको छ र यसले पनि नेपाली टिमलार्य उत्साहित बनाउनेछ । खेलाडी र समग्र टिमको स्तरलार्य हेर्ने हो भने अस्ट्रेलियासँग नेपाली फुटबललाई एउटै स्तरमा राखेर दाँज्नु मूर्खता हुन्छ । ९० मिनेटको खेलमा जे पनि सम्भव हुनसक्छ र यस्तोमा नेपाली टिम अस्ट्रेलियालाई स्तब्ध पार्न चाहन्छ । सिड्नीमा बडादसैं मनाएको नेपाली टिमको सबभन्दा ठूलो चुनौती भनेको चार वर्षअघिको एसियाली च्याम्पियनलाई धेरै गोल गर्नबाट रोक्नु हुनेछ ।

एसियन कप २०२३ को छनोटको रुपमा पनि रहेको यस विश्वकप छनोटमा नेपालले दुई खेल खेलिसकेको छ । पहिलो खेलमा कुवेतमा ७–० को अनपेक्षित हार बेहोरेको नेपालले त्यसको पाँचौं दिनमा ताइवानमा २–० को जित निकालेको थियो । त्यसैले नेपाललाई अन्तर्राष्ट्रिय फुटबलमै अनपेक्षित प्रदर्शन गर्ने टिमको रुपमा लिइन्छ र यसबाट अस्ट्रेलिया सतर्क छ । ‘सकरुज’ले परिचित अस्ट्रेलियाली टिमले यो विश्वकप छनोटमा एक खेलमात्र खेलेको छ र उसले कुवेत यात्रामा ३–० को जित हासिल गरेको थियो ।

२३ सदस्यीय अस्ट्रेलियाली टिममा युरोपेली क्लबमा व्यस्त रहेका खेलाडीको बाहुल्य छ । उसका तीन खेलाडी मात्रै स्वदेशी लिग खेल्छन् । ठीक उल्टो नेपाली टिमका तीन खेलाडी (रोहित चन्द, किरण चेम्जोङ र विमल घर्तीमगर) मात्रै बिदेशमा लिग खेल्छन् । अस्ट्रेलियाको योजना ताइवान, जोर्डन र कुवेत पनि रहेको समूहमा शीर्ष स्थानमा हासिल गर्दै छनोटको अन्तिम चरणमा प्रवेश गर्ने हो भने नेपालको लक्ष्य राम्रो प्रदर्शन गर्ने र आफूभन्दा माथिल्लो स्तरका चारै टिमलाई स्तब्ध पार्ने प्रयास गर्ने हो ।

अस्ट्रेलियाका कप्तान मार्क मिलिगन चोटमुक्त भएर मैदानमा फर्किएका छन् । कुवेतवरुद्ध दुई गोल गरेका म्यथ्यु लेस्कीसँगै जेमी म्याक्लारेन र क्रेग गुडविनले अस्ट्रेलियाको अग्रपंक्ति सम्हाल्दैछन् । इंग्लिस प्रिमियर लिग क्लब ब्राइटन एन्ड आल्बियनका विंगर आरोन मोय र गोलकिपर म्याथ्यु रायन पहिलो रोजाईमै छन् । यी दुईको टिमले प्रिमियर लिगको पछिल्लो खेलमा टोटेनहम हर्टस्परलाई ३–० ले हराएको थियो । मोयले कुवेतविरुद्ध एक गोल गरेका थिए ।

स्वीडस प्रशिक्षक योहान कालीनको रणनीति डिफेन्स बलियो बनाउने र काउन्टरमा अगाडि बढ्ने हो ।

अस्ट्रेलियाविरुद्ध पनि त्यसै गर्दैछन् । उनको यो रणनीति कुवेतविरुद्ध असफल भए पनि ताइवानविरुद्ध फापेको थियो । विश्वकप छनोटमा अस्ट्रेलियाले घरेलु मैदानमा १० बर्षयता हारेको छैन । नेपालले उसको त्यो यात्रालाई पूर्ण्विराम लगाउने भन्दा पनि जुझारु खेल प्रदर्शन गर्दै सकरुजको आक्रमक रुपलाई निस्तेज पार्ने प्रयास गर्नेछ । नेपालले अस्ट्रेलियाविरुद्ध पहिलोपल्ट खेल्न लागेको हो ।


प्रकाशित : आश्विन २३, २०७६ १४:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?