नेपाल र अस्ट्रेलियाबीच खेल हुने रंगशाला यस्तो छ [तस्बिरहरु]

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली समयअनुसार आज दिउँसो पौने तीन बजे नेपाली राष्ट्रिय फुटबल टोलीले विश्वकप फुटबल छनोट अन्तर्गत अस्ट्रेलियन टोलीको सामना गर्दै छ । अस्ट्रेलियाको राजधानी क्यानबेरास्थित जीयो रंगशालामा हुने खेलका लागि दुवै टोली तयारी अवस्थामा छन् । नेपालले खेल्न लागेको अहिलेसम्मको ठूलो खेल हुने रंगशाला यस्तो छ :


प्रकाशित : आश्विन २३, २०७६ ११:२३

प्रतिक्रिया
पठाउनुहोस्

आज ३ बजे राष्ट्रपति सीको सुरक्षार्थ खटिएको टोलीले 'रिहर्सल' गर्ने

कान्तिपुर संवाददाता

काठमाडौँ — दुई दिने राजकीय भ्रमणका लागि शनिबार नेपाल आउन लागेका चिनियाँ राष्ट्रपति सी चिनफिङको सुरक्षार्थ तथा सवारी चलाउनका लागि तैनाथ हुने सुरक्षाकर्मीहरुले आज दिउँसो ३ बजे 'फूल रिहर्सल' गर्ने भएका छन् ।

फाइल तस्बिर

गृहमन्त्रालय स्रोतका अनुसार सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी सम्मिलित टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि राष्ट्रपति सी रहने सोल्टी होटलसम्म पुरै सुरक्षा व्यवस्थाका साथ सवारी चलाएर 'फूल कार्केड रिहर्सल' गर्न लागेका छन्।

राष्ट्रपति सीलाई चीनबाट उनको साथमै आउने निजि अंगरक्षकका साथै पहिलो घेरामा नेपाली सेना, दोस्रो घेरामा नेपाल प्रहरी, तेस्रो घेरामा सशस्त्र प्रहरीका सुरक्षाकर्मीहरुले सुरक्षा प्रदान गर्ने छन्।

यसअघि प्रकाशित समाचारमा कार्केड हुनुपर्नेमा भुलवश अन्यथा हुन गएकाेमा सच्याइएकाे छ ।

प्रकाशित : आश्विन २३, २०७६ ११:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्